Skip to main content

Gorkha Sansar

वडा नं. १० काे एकल महिला अध्यक्षमा पार्वती गिरी चयन

पालुङटार, माघ २५

पालुङटार नगरपालिका वडा नं. १० मा मानवअधिकारका लागि महिला एकल महिला समुह गठन गरिएकाे छ  ।

जसकाे अध्यक्षमा पार्वती गिरी चयन हुनुभएकाे छ । त्यस्तै समितिकाे उपाध्यक्षमा विन्दा दवाडी, काेषाध्यक्षमा निता लामा र सचिवमा सिता कुँवर  रहेका छन् । त्यस्तै समितिका अन्य सदस्यहरूमा सुजना बानिया, संगिता राइ कुँवर, सीता भारती, सुसिला शारू र इन्द्र कुमारी भट्ट  रहेका छन् ।

वडा नं. १० काे वडा कार्यालयमा  एकल महिला सीता कुँवरकाे अध्यक्षतामा सम्पन्न भएकाे साे कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा जिल्ला समन्वय समितिका सदस्य इन्द्रा गुरूङले मन्तव्य राख्नभएकाे थियाे भने  वडा नं. ९ का वडाध्यक्ष भेजराज पाण्डे ले बिशेष  अतिथिकाे रूपमा मन्तव्य राख्नुभएकाे  थियाे ।  त्यस्तै गरी कार्यक्रममा मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी सल्लाहाकार कुमारी गुरूङ, पालुङटार नगरपालिका वडा नंं ७ की वड सदस्य भगवती कुमाल लगायतकाले मन्तव्य राखेका थिए । गाेरखा जिल्लाकाे ९४ वटै वडामा समूह गठन गर्ने याेजना रहेकाे र यसअघि जिल्लाकाे अजिरकाेट र सिरानचाेक गाउँपालिकामा यसअघि नै समूह बनाइसकिएकाे मानवअधिकारका लागि महिला एकल महिला समूह गाेरखाकी अध्यक्ष एवं केन्द्रिय सदस्य मिना अधिकारीले जानकारी दिनुभएकाे छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.