जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम यस भाद्र महिनामा उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा यस कार्यालयमा कार्यरत प्रहरी नायव उपरीक्षक प्रकाश दाहाललाई पुरस्कृत गरिएको छ, जस अनुसार निज प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले आफुलाई तोकिएको जिम्मेवारी उच्च अनुशासनमा रही सम्मानित अदालतको फैसला कार्यान्वयनको सिलसिलामा विभिन्न मुद्दाहरुमा कैद तथा जरिवाना सजाय तोकी हाल सम्म फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्ने जिल्ला प्रहरी कार्यालय गोरखाको अभियानलाई कुशलता पूर्वक नेतृत्व गरी भाद्र महिनामा मात्रै ४८ जना फरार अभियुक्तहरु पक्राउ गर्न सफल भएको साथै नदीजन्य पदार्थको अवैध उत्खनन गरी ओसारपसार गर्ने सवारी साधनहरुलाई नियन्त्रण गर्न सफल भएको, काठहरु चोरी निकासी नियन्त्रण लगायत अन्य घटेका अपराधिक घटनाहरुको अनुसन्धान कार्यमा महत्वपुर्ण भूमिका निर्वाह गरेको, शान्ती सु-व्यवस्था कायम राख्न खटिने प्रहरी कर्मचारीको परिचालन, रेखदेख एवं नियन्त्रणमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुका साथै यस कार्यालयको सूचना सम्प्रेषण अधिकारी तथा गुनासो सुन्ने अधिकारीको रुपमा समेत आफ्नो कार्य क्षमताको उच्च प्रदर्शन गर्दै उत्कृष्ट कमाण्ड कन्ट्रोल गर्न सफल रहेको र आम जनसमुदायमा प्रहरी छवी सकारात्मक बनाउने तर्फ सदैव प्रयत्नशिल रहेको पाईनुको साथै खटिएको स्थानमा त्रुटी रहित तवरले विभागीय निती निर्देशन अनुरुप कुशलता पुर्वक कार्य सम्पादन गरेकोले आज मिति २०७८।०६।१४ गते एक कार्यक्रममा बिच निज प्रहरी नायव उपरीक्षक प्रकाश दाहाललाई प्रोत्साहन स्वरुप नगद रु.१,५००।– (एक हजार पाँच सय) पुरस्कार सहित निजलाई यस कार्यालयबाट २०७८ साल “भाद्र” महिनाको उत्कृष्ट प्रहरी (Best Police Of The Month) घोषणा गरिएको र भविष्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिने व्यहोरा समेत जानकारी जिल्ला प्रहरी कार्यालय गाेरखाले जनाएको छ ।
थप समाचार
-
अर्थतन्त्र सुस्त तर प्रगतिपथमा भएको अर्थसचिव उपाध्यायको दावी
गोर्खा संसारSeptember 20, 2026काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्र अहिले आर्थिक चिन्ता र प्रगतिपथको बीचमा रहेको बताएका छन्। अर्थतन्त्रका केही पक्ष कमजोर भए पनि वित्तीय अवस्था तुलनात्मक रूपम... -
तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा चित्र सोल्टी गुरुङ
गोर्खा संसारSeptember 20, 2026कास्की, ३ असोज । विभिन्न सञ्चारमाध्यममा कार्यरत गुरुङ समुदायका पत्रकारहरूको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा इच्छाकामना न्युजका कार्यकारी सम्पाद... -
सिरान्चोकमा बुलेरो दुर्घटना : ८२ वर्षीय लालु थापाको मृत्यु, ८ जना घाइते
गोर्खा संसारSeptember 20, 2026गोरखा । सिरान्चोक गाउँपालिकामा डबल क्याब बुलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ८ जना घाइते भएका छन्। सिरान्चोक गाउँपालिका–अन्तर्गत भच्चेक–सिम्लेबाट चोरकाटेत... -
डेंगु संक्रमण पुष्टिपछि आँधीमुल नेपाली कल्याण समाजको सकृयतामा सरसफाइ अभियान
गोर्खा संसारSeptember 18, 2026आँबुखैरेनी आँबुखैरेनी गाउँपालिका–१ मा डेंगु संक्रमण देखिएसँगै स्थानीयस्तरमा सरसफाइ र लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानलाई तिब्रता दिइएको छ । थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता... -
आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
गोर्खा संसारSeptember 11, 2026नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्डआईविवीअष्ट्रेलिया(AIWIBI AUSTRALIA)का डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको र... -
जेन–जी विद्रोहको स्मरण गर्दै “वैज्ञानिक समाजवाद स्थापनाको बाटोमा अघि बढ्न” नेकपा (बहुमत) को आह्वान
गोर्खा संसारSeptember 8, 2026अध्यक्ष कञ्चनको दाबी– ‘जनविद्रोहको राजनीतिक उपलब्धि जनअपेक्षाअनुसार हुन सकेन’ काठमाडौं, भदौ २३ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गत वर्ष भदौ २३ र २४ गते भएको जेन–जी जनविद्रोह...