नेक्रविक्रम चन्द विप्ल्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दीपुरमा जारी ११ औं पूर्ण बैठकमा पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनैतिक दस्तावेज प्रस्तुत गरेका छन् ।पार्टी भूमिगत भएयता आयोजना गरिएको बैठकमा विप्लवसँगै स्थायी समितिका सदस्य नेताहरु खड्गबहादुर विश्वकर्मा, धमेन्द्र बाँस्तोला, सन्तोष बुढा, हेमन्तप्रकाश ओलीलगायत अधिकांश छन् ।७० मध्ये ६७ केन्द्रीय कमिटी सदस्य सहभागी बैठक आगामी मंगलबारसम्म चल्ने पार्टीका तनहुँ ईञ्चार्ज पूर्णजीत पुन उभारले जानकारी दिए ।बैठकमा विप्लवले राजनैतिक प्रस्ताव प्रस्तुत गरेका छन् । पहिलो दिन आ आफ्नो क्षेत्रबाट रिपोर्टिङ लिएका विप्लवले आफ्नो प्रस्तावमाथि आएका टिप्पणी पछि सम्बोधन गर्नेछन् ।बन्दीपुर माउण्टेन रिसोर्टमा जारी बैठकमा पार्टी नेताहरुले मेसको खाना खाइरहेका छन् । बैठक रिसोर्टमा भए पनि बसोबास भने आसपासका घर र होटलहरुमा गरिएको दाबी नेताहरुको छ बैठकमा नेताहरुलाई फोन लैजान र बन्द सत्रमा तस्बिर खिच्न समेत प्रतिबन्ध लगाइएको छ ।प्रतिबन्धित भएर खुला राजनीतिमा आए पछि यो पार्टीको पहिलो बैठक भएको बताइन्छ ।
थप समाचार
-
मानुङकोटमा प्रहरीको ‘फुट पेट्रोल’ : पर्यटकसँग प्रत्यक्ष संवाद, सुरक्षामा भरोसा बढाउँदै दुईदिने पैदल गस्ती
गोर्खा संसारAugust 1, 2026दमौली, साउन १६ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकले सुरक्षित वातावरणको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँले दुईदिने लामो ‘फुट पेट्रोल... -
कप्तानगञ्ज घटनाको प्रभाव देशभर : विभिन्न स्थानमा प्रदर्शन, सुरक्षा सतर्कता कडा
गोर्खा संसारJuly 31, 2026काठमाडौं/सुनसरी, साउन १५ । सुनसरीको देवानगञ्ज–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवादपछि विकसित भएको तनावले देशका विभिन्न जिल्लामा समेत प्रभाव पारेको छ। सामाजिक सञ्जालमार... -
राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २९०औँ स्मृति दिवस देशभर मनाइँदै
गोर्खा संसारJuly 30, 2026गोरखाको सिरानचोकदेखि काठमाडौंसम्म ऐतिहासिक कार्यक्रम, मेची–महाकालीसम्म सहभागिताको आह्वान गोरखा, साउन १४। नेपालको एकीकरण अभियानका महान् सेनानी तथा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह... -
आत्मनिर्भरबाट परनिर्भर अर्थतन्त्रको यात्रा – डा.नरविक्रम थापा
गोर्खा संसारJuly 25, 2026१. पृष्ठभूमि आत्मनिर्भर अर्थतन्त्र भनेको देशले आफ्नो नागरिकको आधारभूत आवश्यकता पूरा गर्न बाह्य मुलुकमा भरपर्नु नपर्ने र आफ्नै कृषि, उद्योग तथा स्रोत साधनमा निर्भर रहने आर्थिक प्रणा... -
७८ करोडको कारोबार अन्तरदेखि ‘मनी लाउन्डरिङ’को आशंकासम्म : एनसीएमलाई कर सहुलियत दिने कि बहुआयामिक अनुसन्धान गर्ने ?
गोर्खा संसारJuly 20, 2026१ अर्ब ३६ करोड बिगोको मुद्दा अदालतमा, अनुसन्धानकै बीच अर्को कम्पनीमा रकम सारिएको उजुरी; ७१ प्रतिशत स्वामित्व सम्पर्कबाहिर रहँदा दैनिक करोडौँको सीओडी रकम र २,५०० जनाको रोजगारीमाथि प... -
मर्स्याङ्दी नदीमा हाम फालेर एक महिला बेपत्ता : भेल र रातको समयका कारण खोजीकार्य भोलिदेखि हुने
गोर्खा संसारJuly 12, 2026गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित सतीघाट निवासी अन्दाजी ६८ वर्षीय ज्ञानु नेपाली मर्स्याङ्दीमा हाम फालेर बेपत्ता आज साँझ करिब ७ बजेतिरको समयमा गोरखाको च्याङ्ली...