Skip to main content

Gorkha Sansar

गोरखामा लायन्स आँखा सेवा केन्द्र गठन

लायन्स क्लव अफ गोरखाले संचालन गर्दै आएको लायन्स आँखा अस्पताललाई अझै ब्यवस्थित गराउन गोरखामा लायन्स आँखा सेवा केन्द्र गठन गरिएको छ ।

योङकुमार श्रेष्ठको अध्यक्षतामा लायन्स आँखा सेवा केन्द्र गठन गरिएको हो । केन्द्रको उपाध्यक्षमा श्रबणकुमार जोशी, सचिव अन्जितकुमार श्रेष्ठ, कोषाध्यक्ष श्यामबाबु श्रेष्ठ रहेका छन् ।

सेवा केन्द्रको सदस्यहरुमा धिरजबहादुर मास्के, सित्तलकाजी मास्के, भाईचन्द्र श्रेष्ठ, लक्ष्मणबाबु आचार्य, सुजन कुँवर रहेका छन् ।

गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यतामा कार्यक्रम भएको कोषाध्यक्ष श्यामबाबु श्रेष्ठले बताए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.