Skip to main content

Gorkha Sansar

सबैजसाे स्थानीय तहमा बेरूजुः गाेरखाकाे कुन तहमा कति बेरूजु, तुरून्तै हेर्नुहाेस

 गाेरखा ।

जिल्लाकाे शहिदलखन गाउँपालिका बेरुजु कम हुने गण्डकी प्रदेशका पालिकाहरु मध्ये प्रथम भएकाे छ । नेपालभरीका पालिकाहरुमा भने चाैँथाे स्थानमा रहेकाे छ । पहिलाे स्थानमा शिवसताक्षि गाउँपालिका झापा बेरुजु प्रतिशत ०‍‍.०६ दाेस्राेमा पाथिभरा याङवरक गाउँपालिका ताप्लेजुङ ०‍‍.०७ र तेश्राेमा सिरिजँगा गाउँपालिका ताप्लेजुङ ०‍‍.०७ प्रतिशत रहेका छन् । शहिदलखन गाउँपालिकाकाे वेरुजु प्रतिशत भने ०‍‍.१० प्रतिशत रहेकाे छु । फस्याैट गर्नुपर्ने कुल रकमका आधारमा बेरुजु प्रतिशत निकालिएकाे हाे । रकमका आधारमा सबै भन्दा कम पाथिभरा गाउँपालिकाकाे रु पाँच लाख पाँच हजार रहेकाे छ । त्रिजँगा ६ लाख ३१ हजार र शहिलखन ८ लाख ६८ हजार रहेकाे छ ।

प्रदे्शमा शहिलखन गाउँपालिका पहिलाे कम बेरुजु देखिने पालिकामा दर्ज भएकाे छ । दाेश्राेमा लाे घेकर दामाेदरकुण्ड गाउँपालिका मुस्ताङ ०‍‍.१२ प्रतिशत तेश्राेमा पैयुँ गाउँपालिका पर्वत ०‍‍.३२ र चाैँथाेमा माेदी गाउँपालिका ०‍‍.३८ प्रतिशत रहेका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा गोरखाको स्थानीयतहहरुको बेरुजु झण्डै साढे २३ करोड देखिएको हाे । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका ११ वटा स्थानीय तहले २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ अनुशासन विपरीत खर्च गरेको उल्लेख छ । जिल्लाका ११ स्थानीय तहको १० अर्ब ७५ करोड ३३ लाख ५४ हजारको लेखापरीक्षण गर्दा २.१८ प्रतिशत बेरुजु देखिएको हो।

महालेखाको प्रतिवेदन अनुसार प्रतिशतको आधारमा सबैभन्दा बढि चुमनुब्री गाउँपालिकाको ७.५८ प्रतिशत बेरुजु देखिएको छ। गाउँपालिकाको ४७ करोड ३८ लाख ३७ हजारको लेखापरीक्षण हुदाँ ३ करोड ५८ लाख ९६ हजार रुपैयाँ बेरुजु देखिएको छ।

यस्तै जिल्लामा सबैभन्दा कम बेरुजु शहिद लखन गाउँपालिकाको देखिएको छ। प्रतिवेदनमा उल्लेख भएअनुसार ८७ करोड २१ लाख ६ हजारको लेखापरीक्षण हुदाँ जम्मा ०.१० प्रतिशत अर्थात ८ लाख ६८ हजार रुपैयाँ मात्र बेरुजु देखिएको हो। शहिद लखन गाउँपालिका लेखापरीक्षण भएका देशभरका ६९९ वटा स्थानीय तह मध्य सबैभन्दा कम बेरुजु आउनेमा रकम र प्रतिशतको हिसाबमा चौथो नम्बरमा परेको छ भने गण्डकी प्रदेशमा कम बेरुजु आउनेमा पहिलो नम्बरमा परेको छ।

यसैगरी जिल्लाको पालुङटार नगरपालिकामा १ अर्ब ५९ करोड ८६ लाख ३६ हजारको लेखापरीक्षण हुदाँ १.२६ प्रतिशत अर्थात २ करोड ९६ हजार बेरुजु देखिएको छ भने गोरखा नगरपालिकामा १ अर्ब ७८ करोड ७५ लाख ३४ हजारको लेखापरीक्षण हुदाँ २.२२ प्रतिशत अर्थात ३ करोड ९६ लाख ६९ हजार रुपैयाँ बेरुजु देखिएको छ।

प्रतिवेदनमा जिल्लाको बारपाक सुलिकोट गाउँपालिकामा १ अर्ब ७ करोड ४९ लाख ७२ हजारको लेखापरीक्षण गर्दा ४.६६ प्रतिशत अर्थात ५ करोड १ लाख १ हजार, अजिरकोट गाउँपालिकामा ७५ लाख ३३ हजार ७१ हजारको लेखापरीक्षण गर्दा ०.७६ प्रतिशत अर्थात ५६ लाख ९३ हजार र सिरान्चोक गाउँपालिकामा ७९ करोड ४३ लाख ४१ हजारको लेखापरीक्षण गर्दा २.१२ प्रतिशत अर्थात १ करोड ६८ लाख ५१ हजार रुपैयाँ बेरुजु रहेको उल्लेख छ।

त्यस्तै आरुघाट गाउँपालिकामा ९७ करोड ८३ लाख ५४ हजारको लेखापरीक्षण गर्दा ०.५७ अर्थात ५६ लाख ६ हजार, धार्चे गाउँपालिकामा ६३ करोड १४ लाख २७ हजारको लेखापरीक्षण गर्दा ३.८४ अर्थात २ करोड ४२ लाख २३ हजार, गण्डकी गाउँपालिकामा १ अर्ब ५३ लाख ३५ हजार लेखापरीक्षण गर्दा ०.९१ अर्थात ९१ लाख १९ हजार र भिमसेन थापा गाउँपालिकामा ७८ करोड ३४ लाख ४१ हजारको लेखापरीक्षण गर्दा ३.८४ अर्थात २ करोड ७२ लाख ६४ हजार बेरुजु देखिएको छ।

खर्च भएका तर समयमै विलभर्पाइ प्राप्त नभएका र नियम विपरित खर्च भएका रकमहरु बेरुजु शिर्षकमा पर्ने महालेखा कार्यालयकाे प्रतितवेदनमा उल्लेख छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.