गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई तनहुँको डुम्रेमा स्वागत गरिएको छ । प्रदेश प्रमुख गुरुङलाई नेपाली काँग्रेस तनहुँ क्षेत्र नं. १ प्रदेश ख ले स्वागत र सम्मान गरेको हो । नेपाली काँग्रेसका क्षेत्रिय संयोजक राजेन्द्र पियाको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश प्रमुख गुरुङले नेपाल सरकारले आफूलाई योग्य सम्झेर अवसर दिएको हुँदा आफ्नो जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने पनि स्पष्ट पारे। आफू नेपाली कांग्रेसको प्रतिनिधि भए पनि अब जनताको प्रतिनिधि भएकोले एउटा मात्रै पार्टीको प्रतिनिधि नरहेको उनको भनाइ छ। जनताको प्रतिनिधि भएपछि जनताकै चाहनाअनुसारको काम गर्नुपर्ने प्रदेश प्रमुख गुरुङको भनाइ छ। कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य रामचन्द्र अधिकारीले गुरुङ एक सच्चा, ईमान्दार र कर्तब्यनिष्ठ ब्यक्ति भएकाले गण्डकी प्रदेशमा विकासले गति लिनेमा आफू विश्वश्त रहेको बताउनु भयो । कार्यक्रममा काँग्रेस महाधिवेशन प्रतिनिधि मानकाजी श्रेष्ठ, बन्दिपुर वडा नं. १ का उपसभापति सुबोध अधिकारी, सचिब बुद्ध कुमार श्रेष्ठ, महिला नेतृ सरिता पिया, रोशनी पिया , युवा समाजसेवी केशव अधिकारी लगाएतको सहभागिता रहेको थियो ।
थप समाचार
-
मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारीको २१ औँ साधारणसभा तथा ७ औँ अधिवेशन सम्पन्न
गोर्खा संसारSeptember 21, 2026आँबुखैरेनी, ४ असोज— तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित श्री मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशन शनिबार ... -
अर्थतन्त्र सुस्त तर प्रगतिपथमा भएको अर्थसचिव उपाध्यायको दावी
गोर्खा संसारSeptember 20, 2026काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नेपालको अर्थतन्त्र अहिले आर्थिक चिन्ता र प्रगतिपथको बीचमा रहेको बताएका छन्। अर्थतन्त्रका केही पक्ष कमजोर भए पनि वित्तीय अवस्था तुलनात्मक रूपम... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 20, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न... -
तमू सञ्चारकर्मी संघको केन्द्रीय अध्यक्षमा चित्र सोल्टी गुरुङ
गोर्खा संसारSeptember 20, 2026कास्की, ३ असोज । विभिन्न सञ्चारमाध्यममा कार्यरत गुरुङ समुदायका पत्रकारहरूको साझा संस्था तमू (गुरुङ) सञ्चारकर्मी संघ, नेपालको केन्द्रीय अध्यक्षमा इच्छाकामना न्युजका कार्यकारी सम्पाद... -
सिरान्चोकमा बुलेरो दुर्घटना : ८२ वर्षीय लालु थापाको मृत्यु, ८ जना घाइते
गोर्खा संसारSeptember 20, 2026गोरखा । सिरान्चोक गाउँपालिकामा डबल क्याब बुलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित ८ जना घाइते भएका छन्। सिरान्चोक गाउँपालिका–अन्तर्गत भच्चेक–सिम्लेबाट चोरकाटेत... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 19, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न...