आँबुखैरेनी, १३ श्रावण । “सेवा नै धर्म” भन्ने मूल उक्तिबाट प्रेरित सामाजिक संस्था रामयुग मल्ल प्रतिष्ठानले गोरखा र तनहुँ जिल्लाका स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य तथा अति अत्यावश्यक सामाग्री हस्तान्तरण गरेका छ्न । कोभिड महामारीबाट आक्रान्त संक्रमितहरुलाई ध्यॅानमा राखि न्यूनीकरण र रोकथामका लागी कोभिड बिरुद्ध हातेमालो अभियान सन्चालन गरिएको प्रतिष्ठानका महासचिव बिपिन मल्लले जानकारी दिनुभयो। अभियानका क्रममा प्रतिष्ठानले गोरखा जिल्लाको पालुङ्टार न.पा. वडा-८ स्थित धुँवाकोट स्वास्थ्य चौकी, शहिद लखन गाउँपालिका वडा नं. २ र ३ स्थित क्रमश: मनकामना सामुदायिक स्वास्थ केन्द्र, मैदान र मनकामना स्वास्थ्य चौकी, सिलिङ र तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबुखैरेनी स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य तथा अन्य अत्यावश्यक सामाग्रीहरु हस्तान्तरण गरेको हो। कोभिड बिरुद्ध हातेमालो अभियान अन्तर्गत श्रावण ९ गते गोरखाको पालुङ्टार न.पा. वडा नं. ८, धॅुंवाकोटस्थित स्वास्थ्य चौकीलाई गोदरेज रेफ्रिजेरेटर (१०० लि.)-१ थान, ईलेक्ट्रिक सक्सन युनिट-१ थान, अटोक्लेप युनिट -१ थान, नेबुलाईजर मेसिन -१ थान, ओ.टि.लाइट-१ थान, हेल्थ डस्टविन ( ठूलो )- ३ थान, ह्यॅाण्ड स्यानिटाईजर -१० लि., सर्जिकल मास्क-१०००थान, ह्यान्ड ग्लोब्स-१०० थान, अफिसियलभित्ते घडी- १ थान हस्तान्तरण गरिएको प्रतिष्ठानले जानकारी दिएको छ । प्रतिष्ठानका संस्थापक महासचिव एवं सल्लाहकार निजानन्द मल्ल, महासचिव बिपिन मल्ल, सल्लाहकार भगवान दास मल्ल लगाएतको सहभागीतामा वडाध्यक्ष एवं धुवाँकोट स्वास्थ्य चौकि ब्यवस्थापन समितिका अध्यक्ष शंकर राज कंडेललाई सो सामाग्रीहरु हस्तान्तरण गरिएको छ।वडाध्यक्ष एवं धुवाँकोट स्वास्थ्य चौकि व्यवस्थापन समितिका अध्यक्ष कंडेलले प्रतिष्ठानबाट उपहार स्वरुप प्राप्त सामाग्रीहरुले यस भेगका जनताहरुलाई स्वास्थ्य सेवा प्रदानमा निकै सघाउ पुर्याउने विस्वास व्याक्त गर्नुभएको छ । यता, श्रावण १० गते तनहुँको आँबुखैरेनी गाउँपालिका-३ स्थित आँबुखैरेनी स्वास्थ्य चौकीलाई प्रतिष्ठानको तर्फबाट संस्थापक महासचिव एवं सल्लाहकार निजानन्द मल्लहस्ते टी.भी. १ थान, सल्लाहकार भगवानदास मल्ल हस्ते भित्ते घडी १ थान हस्तान्तरण गरिएको छ । आँबुखैरेनी गाउँपालिका अध्यक्ष एवं स्वास्थ्य सेण्टर ब्यवस्थापन समितिका संयोजक गिर बहादुर थापालाई सो सामाग्री हस्तान्तरण गरिएको हो । यसैगरी, प्रतिष्ठान का.स. सदस्य, तनहुँ उ.बा. संघ आँबुखैरेनी र सत्रसय बजार एकाई समेतको सकृय सहभागितामा सुनिल मल्ल, शीवओम मल्ल, सुरज मल्ल लगायतद्वारा २०/२४ थान कोभिड एवं स्वास्थ सम्वन्धि जनचेतनामूलक फ्लेक्स पोस्टरहरु गाउँपालिका र स्वास्थ्य चौकि परिसरको भित्ता, पर्खाल र प्रतिक्षालय कक्षहरुमा टॅास्ने एवं सेवाग्राहीहरुलाई सर्जिकल मास्कहरु समेत वितरण गरिएको छ । अध्यक्ष थापाले प्रतिष्ठानको सेवाबाट स्थानिय समुदाय सदैव लाभान्वित रहदै जाने र भावि दिनमा सामाजिक सेवामा प्रतिष्ठानसंग हातेमालो गर्दै जाने चाहना रहेको बताउनुभएको छ । यस्तै, गत श्रावण ११ गते गोरखा जिल्लाको शहिद लखन गॅाऊ पालिका अन्तर्गत वडा नं. २ र ३ स्थित क्रमश: मनकामना सामुदायिक स्वास्थ केन्द्र, मैदान र मनकामना स्वास्थ्य चौकी, सिलिङलाई आवश्यकता अनुसार विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको छ । प्रतिष्ठानले ती दुई स्वास्थ्य संस्थालाई गोदरेज रेफ्रिजेरेट १ थान, अटोक्लेभ युनिट १ थान, ईलेक्ट्रिक सक्सन १ थान, नेवुलॅाईजर मेसिन १ थान, ओ.टी. लॅाईट १ थान, ह्यॅाण्ड स्यॅानिटाईजर -२० लि.,फेस माक्स १००० थान, डिस्पोजेवल ह्यॅाण्ड ग्लोब्स- २०० थान, हेल्थ डस्ट बिन ( रंगिन )-६ थान, अफिस भित्ते घडी (ठूलो) -२ थान, कोभिड सम्वन्धि सूचनामूलक फ्लेक्स पोस्टर- ३० थान लगाएतका सामाग्रीहरु हस्तान्तरण गरेको हो । प्रतिष्ठानले वडा नं. २ र ३ का वडाध्यक्ष एवं स्वास्थ्य चौकी ब्यवस्थापन समितिका संयोजकद्वाेय क्रमशः अचल थापा र गणेश थापालाई यस बिषम परिस्थितिमा पनि कोभिड बिरामीहरुको न्युनिकरण एवं स्थानिय स्वास्थ्य चौकिहरुलाई आमजनताको स्वास्थ्य सेवामा प्रत्यक्ष सहयोग पुग्ने खालका अत्यावश्यक सामाग्रीहरु हस्तान्तरण गरिएको जनाएको छ । सो अवसरमा संस्थापक महासचिव एवं सल्लाहकार निजानन्द मल्लले प्रतिष्ठानको तर्फबाट आफ्नो पुर्खौली थलोमा संस्थाको सेवानै धर्म हो भन्ने उदेश्यानुसार स्वास्थ्य सेवामा सानो सहयोग गर्न पाएकोमा खुसी व्याक्त गर्नुभएको छ । स्वास्थ्य तथा अति अत्यावश्यक सामाग्री हस्तान्तरण समारोहमा २ नं. वडा सदस्य सगुन थापा मगर, ३ नं वडा सद्स्य कमला परियार ,नेकपा प्रतिनिधि मनोज जोशी, जनता समाजवादिका प्रतिनिधि दिनेश जोशी, गो.उ.वा.सं. मनकामना बजार इकाईका अध्यक्ष हरि श्रेष्ठ, लायन्स क्लव अफ मनकामनाका अध्यक्ष होम प्र. जोशी लगायतको सहभागीता रहेको थियो ।
थप समाचार
-
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
मानुङकोटमा प्रहरीको ‘फुट पेट्रोल’ : पर्यटकसँग प्रत्यक्ष संवाद, सुरक्षामा भरोसा बढाउँदै दुईदिने पैदल गस्ती
गोर्खा संसारAugust 1, 2026दमौली, साउन १६ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकले सुरक्षित वातावरणको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँले दुईदिने लामो ‘फुट पेट्रोल... -
कप्तानगञ्ज घटनाको प्रभाव देशभर : विभिन्न स्थानमा प्रदर्शन, सुरक्षा सतर्कता कडा
गोर्खा संसारJuly 31, 2026काठमाडौं/सुनसरी, साउन १५ । सुनसरीको देवानगञ्ज–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवादपछि विकसित भएको तनावले देशका विभिन्न जिल्लामा समेत प्रभाव पारेको छ। सामाजिक सञ्जालमार... -
राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २९०औँ स्मृति दिवस देशभर मनाइँदै
गोर्खा संसारJuly 30, 2026गोरखाको सिरानचोकदेखि काठमाडौंसम्म ऐतिहासिक कार्यक्रम, मेची–महाकालीसम्म सहभागिताको आह्वान गोरखा, साउन १४। नेपालको एकीकरण अभियानका महान् सेनानी तथा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह... -
आत्मनिर्भरबाट परनिर्भर अर्थतन्त्रको यात्रा – डा.नरविक्रम थापा
गोर्खा संसारJuly 25, 2026१. पृष्ठभूमि आत्मनिर्भर अर्थतन्त्र भनेको देशले आफ्नो नागरिकको आधारभूत आवश्यकता पूरा गर्न बाह्य मुलुकमा भरपर्नु नपर्ने र आफ्नै कृषि, उद्योग तथा स्रोत साधनमा निर्भर रहने आर्थिक प्रणा... -
७८ करोडको कारोबार अन्तरदेखि ‘मनी लाउन्डरिङ’को आशंकासम्म : एनसीएमलाई कर सहुलियत दिने कि बहुआयामिक अनुसन्धान गर्ने ?
गोर्खा संसारJuly 20, 2026१ अर्ब ३६ करोड बिगोको मुद्दा अदालतमा, अनुसन्धानकै बीच अर्को कम्पनीमा रकम सारिएको उजुरी; ७१ प्रतिशत स्वामित्व सम्पर्कबाहिर रहँदा दैनिक करोडौँको सीओडी रकम र २,५०० जनाको रोजगारीमाथि प...