Skip to main content

Gorkha Sansar

मुख्यमन्त्री पाेखरेल तथा उर्जा तथा खानेपानी मन्त्री अाचार्यसहितकाे टाेली उत्तरी गाेरखा पुगे

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली मन्त्रीहरु सहित तिब्बत सँग सिमाना जोडिएको उत्तरी गोरखा पुगेर फर्किएका छन् । स्वास्थ्यमन्त्री मधुमाया गुरुङ, उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री हरिशरण आचार्य र प्रमुख सचिव डाक्टर दामोदर रेग्मी माउन्टेन एयरको हेलिकप्टरबाट उत्तरी गोरखा पुगेका हुन् ।

गोरखा सदरमुकामबाट माउन्टेन चाईल्ड नामक संस्थाले उत्तरी गोरखामा कोरोना बिरुद्धको खोप ढुवानी गर्ने र प्रदेशबाट थप स्वास्थ्य सामग्री सहित मूख्यमन्त्री, मन्त्रीहरु जाने कार्यक्रम तय भएको मुख्यमन्त्रीका प्रेस सल्हाकार भरत कोईरालाले बताए ।

मौसम प्रतिकुल भएका कारण गोरखाबाट खोप लिएर जाने हेलिकप्टर भने गएको छैन । मुख्यमन्त्री सहित मन्त्रिहरु चुमनुब्री गाउँपालिका ७ छेकम्पार, वडा नम्बर २ ल्हो र वडा नम्बर ३ जगत पुगेका हुन् । मौसम प्रतिकुल हुँदा सामागाउँ पुग्न नसकिएको उर्जामन्त्री हरिशरण आचार्यले बताए । खोप ढुवानी गर्ने हेलिकप्टर ढिलो हुने भएपछि मन्त्रीहरु आफुले लगेको स्वास्थ्य सामग्री बितरण गरेर फर्किएका हुन् ।

‘यारुबगरको बाटो, सल्लेरीको पहिरो पनि हेरियो’ उर्जामन्त्री हरिशरण आचार्यले भने ‘हामीले पोखराबाट लगेको स्वास्थ्य सामग्री हस्तान्तरण गरेर फर्कियौँ ।’ स्थानीय पैदल हिड्ने बाटो नहुँदा समस्या भएको, खाद्यान्न अभाव हुन सक्ने र खानेपानीको समस्या रहेको गुनासो गरेका मन्त्री आचार्यले बताए । स्थानीय ब्यक्ति, जनप्रतिनिधि, स्वास्थ्यकर्मी सँग भेटघाट गरेर मुख्यमन्त्री सहितको टोली फर्किएको हो । स्थानीयले राखेको गुनासो तत्काल संवोधन गर्ने र बाटो बनाउन डोजर पठाउने आस्वासन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दिएका छन्

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.