आँबुखैरेनी, १८ जेष्ठ । तनहुँ उद्योग वाणिज्य संघले ऑबुखैरेनी गाउँपालिकालाई अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। संघले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियान मार्फत् संघले आँबुखैरेनी स्वास्थ्य चौकीका लागि ३ थान अक्सिजन सिलिन्डर सहित विभिन्न स्वास्थ्य सामग्री आज हस्तान्तरण गरेको हो। संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले गाउँपालिका अध्यक्ष गिरबहादुर थापालाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। संघले पाँच थान पिपिई, एक थान अक्सिमिटर, १५ थान फेसशिल्ड, ३० थान हेडक्याप, एक थान थर्ममिटर, डस्टबीन लगायतका सामग्री हस्तान्तरण गरेको तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाई समितिका सभापति दिपक कोइरालाले जानकारी दिनुभयो। स्वास्थ्य सामाग्री हस्तान्तरण संघका अध्यक्ष श्रेष्ठले दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र र कालीभञ्जन गण (इ) लाई यसअघि नै सहयोग गरिएको बताउनुभयो । यस्तै स्वास्थ्य सामग्री बुझ्दै गाउँपालिकाका अध्यक्ष थापाले कोभिड नियन्त्रणका लागि संघले गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्नुभएको छ । सबैको सामूहिक प्रयासबाट कोभिड नियन्त्रण गर्न सकिने उनको भनाई थियो ।
थप समाचार
-
मानुङकोटमा प्रहरीको ‘फुट पेट्रोल’ : पर्यटकसँग प्रत्यक्ष संवाद, सुरक्षामा भरोसा बढाउँदै दुईदिने पैदल गस्ती
गोर्खा संसारAugust 1, 2026दमौली, साउन १६ । तनहुँको चर्चित पर्यटकीय गन्तव्य मानुङकोटमा पर्यटकले सुरक्षित वातावरणको अनुभूति गर्न सकून् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहुँले दुईदिने लामो ‘फुट पेट्रोल... -
कप्तानगञ्ज घटनाको प्रभाव देशभर : विभिन्न स्थानमा प्रदर्शन, सुरक्षा सतर्कता कडा
गोर्खा संसारJuly 31, 2026काठमाडौं/सुनसरी, साउन १५ । सुनसरीको देवानगञ्ज–३ स्थित कप्तानगञ्जमा दुई समुदायबीच उत्पन्न विवादपछि विकसित भएको तनावले देशका विभिन्न जिल्लामा समेत प्रभाव पारेको छ। सामाजिक सञ्जालमार... -
राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाको २९०औँ स्मृति दिवस देशभर मनाइँदै
गोर्खा संसारJuly 30, 2026गोरखाको सिरानचोकदेखि काठमाडौंसम्म ऐतिहासिक कार्यक्रम, मेची–महाकालीसम्म सहभागिताको आह्वान गोरखा, साउन १४। नेपालको एकीकरण अभियानका महान् सेनानी तथा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह... -
आत्मनिर्भरबाट परनिर्भर अर्थतन्त्रको यात्रा – डा.नरविक्रम थापा
गोर्खा संसारJuly 25, 2026१. पृष्ठभूमि आत्मनिर्भर अर्थतन्त्र भनेको देशले आफ्नो नागरिकको आधारभूत आवश्यकता पूरा गर्न बाह्य मुलुकमा भरपर्नु नपर्ने र आफ्नै कृषि, उद्योग तथा स्रोत साधनमा निर्भर रहने आर्थिक प्रणा... -
७८ करोडको कारोबार अन्तरदेखि ‘मनी लाउन्डरिङ’को आशंकासम्म : एनसीएमलाई कर सहुलियत दिने कि बहुआयामिक अनुसन्धान गर्ने ?
गोर्खा संसारJuly 20, 2026१ अर्ब ३६ करोड बिगोको मुद्दा अदालतमा, अनुसन्धानकै बीच अर्को कम्पनीमा रकम सारिएको उजुरी; ७१ प्रतिशत स्वामित्व सम्पर्कबाहिर रहँदा दैनिक करोडौँको सीओडी रकम र २,५०० जनाको रोजगारीमाथि प... -
मर्स्याङ्दी नदीमा हाम फालेर एक महिला बेपत्ता : भेल र रातको समयका कारण खोजीकार्य भोलिदेखि हुने
गोर्खा संसारJuly 12, 2026गोरखाको पालुङ्गटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित सतीघाट निवासी अन्दाजी ६८ वर्षीय ज्ञानु नेपाली मर्स्याङ्दीमा हाम फालेर बेपत्ता आज साँझ करिब ७ बजेतिरको समयमा गोरखाको च्याङ्ली...