Skip to main content

Gorkha Sansar

अाजदेखि गाेरखा फाउन्डेसनकाे सहकार्यमा रेडियो बन्दिपुरबाट SEE तयारी कक्षा शुरू

जेठ १६,

जेठ  १६ गतेदेखि गाेरखा फाउन्डेसनको सहकार्यमा रेडियो बन्दिपुर ८८.८ मेगाहर्जबाट SEE तयारी कक्षा सञ्चालन हुने भएकाे छ ।  गाेरखाकाे पालुङटार नगरपालिकाका केही बिद्यालय र सिराञ्चाेकका केही बिद्यालयका शिक्षकहरूकाे सक्रियतामा कार्यक्रम सञ्चालन गर्न लागिएको गाेरखा फाउन्डेसनका सुरेन्द्र देवकोटाले जानकारी दिनुभयो । सांझ ७:३० बजेदेखि ८ बजेसम्म अाइतबार देखि बिहिवार सम्म बिभिन्न बिषयका बिषयहरूकाे पठनपाठन हुनेछ ।

कार्यक्रमकाे उत्पादन तथा प्रशारणमा पालुङटार नगरपालिकाकाे शिक्षा शाखासँग पनि समन्वय गरिएकाे देवकाेटाले बताउनुभयाे । उहँाका अनुसार शिक्षा शाखाका प्रमुख एवं नगरपालिकाका नि.प्रमुख प्रशाशकीय अधिकृत  बाबुराम काराखेतीले कार्यक्रमकाे उत्पादनका लागि सहकार्य गरिएकाे छ ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.