Skip to main content

Gorkha Sansar

अधिकारीको पहलमा दुई जनाको उद्धार ।।

तनहुँ,
नेपाल तरुण दल आँबुखैरेनी गाउँ कार्य समितिका उपाध्यक्ष दिपेन्द्र अधिकारीको पहलमा अपाङगता भएका एक व्यक्ति सहित दुई जना व्यक्तिको उद्धार गरिएको छ । उपाध्यक्ष अधिकारीको पहलमा बरादीबाट दाङको तुल्सीपुर नगरपालिका वडा नं ११ घर भएका ५८ बर्षिय सन्तोष शाही र लम्जुङ घर भई हाल चितवनको शिवनगरमा अस्थायी बसोबास गर्दै आएका ६८ बर्षिय पदमबहादुर भण्डारी रहेका छन् । शाही र भण्डारी मानव सेवा आश्रम पोखराका प्रतिनिधी शुष्मा पौडेल र राजन सापकोटाले उद्धार गरेर पोखरा लगेका छन् । उद्धार गरिएका मध्ये शाहीको खुट्टाको पैतलाको भाग उपचार नपाएर झर्ने अवस्थामा रहेको छ । हिव्लचियर राखेर धकेल्दै गरेको देखेर सहयोग गर्न गएको थिए तर अवस्था नाजुक देखेपछि उद्धार नगरी मनै मानेन उपाध्यक्ष अधिकारीले भने । उनीहरुको नाजुक अवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमिल्सेनालाई जानकारी गराएपछि डिएसपी तिमिल्सेनाले आँबुखैरेनीका प्रहरी निरिक्षक विकास थापालाई जानकारी गराएका थिए । त्यसपछि प्रहरीको टोली उद्धारका लागि बरादी पुगेको थियो । त्यसबीचमा अधिकारीले उद्धार गर्दा लाग्ने एम्बुलेन्स खर्च आफूले बेर्होने प्रतिवद्धता समेत जाहेर गरेका थिए । सो विषय जानकारी भए लगत्तै एम्बुलेन्स खर्च वापतको रकम आँबुखैरेनी गाउँपालिकाले बेर्होने प्रतिबद्धता प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले गरेका थिए ।
उद्धार कार्यमा नेपाल तरुण दल आँबुखैरेनीका अध्यक्ष विजय गुरुङले समेत सहयोग गरेका थिए । यसैबीच शाही र भण्डारीको उद्धार कार्यमा सहयोग पुरयाउने सबैलाई तरुण दल आँबुखैरेनीका उपाध्यक्ष अधिकारीले धन्यवाद ज्ञापन गरेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.