Skip to main content

Gorkha Sansar

कम्युनिष्टलाई भोट दिनेहरु पछुताई रहेका छन्–के.स. भण्डारी

अमरराज नहर्की

नेपाली काँग्रेसका केन्द्रीइ सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले कम्युनिष्टका कारण देश बर्बादीमा धकेलिएको बताएका छन् । सो कुरा भण्डारीले भानु नगरपालिकोको नयाँबस्तीमा पाटी प्रवेश कार्यक्रमका बताएका हुन् । मुलुक र जनताको हितमा भन्दा व्यक्तिगत स्वार्थमा लागेकोले कम्युनिष्ट सरकार प्रति जनता आजित भएको भण्डारीको भनाई थियो । युवा तरुणहरुलाई कम्युनिष्टको भ्रममा नपर्न पनि उनले आग्रह गरेका थिए । प्रधानमन्त्रीले केपी ओलीले भष्ट्राचरसँग जोडिएका मन्त्रीलाई संरक्षण गरेकाले मत दिएका जनता पछुताईरहेको बताएका थिए । गोकुल बास्कोटा प्रति इंकित गर्दै भष्ट्रचार काण्डका कारण मन्त्रीले राजिनामा दिनु पर्ने अबस्था आउनु दुःखत भएको उनको धारणा राखेका थिए ।

भानु नगरपालिका–१ नयाँबस्ती,गन्धर्वटोल २५ जना आईतबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । यि प्रवेश गरेसँगै नयाँबस्ती नेकपा मुक्त बनेको पार्टी प्रवेश कार्यक्रममा जानकारी दिईयो । भानु नगरपालिका –१ कै साखेटारमा २६ जना, भन्सार १४ जना र बाँकी वडा नम्बर ३ का गरी ८० जना भन्दा बढी नेकपा परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । वडा नम्बर १ का नेकपाका वडा कमिटी सदस्य तुलबहादुर गुरुङ सहितको टोली नेपाली काँग्रेसमा प्रवेश गरेको हो । गन्धर्व सास्कृति समाजका अध्यक्ष एकबहादुर गन्र्धवको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा नेका महासमितिका सदस्य रामचन्द्र अधिकारी, आनन्दराज त्रिपाठी, महाधिवेशन प्रतिनिधी समुन्द्र गोदार, पूर्व महाधिवेशन प्रतिनिधी धुव्र प्रधान, जिल्ला सदस्य उत्तम लोहनी, लगायतले बोलेका थिए । कार्यक्रममा तरुणहरुको बाक्लो उपस्थिती रहेको थियो । नव प्रवेशीलाई माला र खादा लगायर के.स. भण्डारीले स्वागत गरेका थिए । यसैबीच भण्डारी स्वर्गिय सुर्यबहादुर ठकुरीको १३ औं पुण्यतिथीमा पुगेर श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.