Skip to main content

Gorkha Sansar

दुबारगाउँका पहिरोपीडितलाई लमजुङ परिवार दक्षिण कोरियाको २५ हजार राहत सहयोग

लमजुङ परिवार दक्षिण कोरियाले लमजुङको दोर्दी गाउँपालिका ८, दुबार गाउँका पहिरोपीडितका लागि राहत सहयोग गरेको छ ।
राहत सहयोग रकम शुक्रबार दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङलाई हस्तान्तरण गरिएको छ । लमजुङ परिवार दक्षिण कोरियाले पठाएको २५ हजार रुपैयाँ नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङले गाउँपालिका अध्यक्ष गुरुङलाई हस्तान्तरण गर्नुभएको हो । महासंघका अध्यक्ष गुरुङले गाउँपालिका अध्यक्ष गुरुङलाई उहाँकै कार्यकक्षमा पुगेर रकम हस्तान्तरण गर्नुभएको हो ।
गाउँपालिका अध्यक्ष गुरुङले राहत सहयोग रकम पीडितसामु पु¥याइने बताउनुभयो । गत बर्खायाममा गाउँमा पहिरो चल्नुका साथै जमीन भासिएपछि दुवार गाउँका स्थानीय समस्यामा परेका छन् । उनीहरुलाई राहत स्वरुप दक्षिण कोरियामा रहेका नेपाली दाजुभाइ दिदीबहिनीले राहत रकम संकलन गरेको हो । गाउँपालिका अध्यक्ष गुरुङले राहत सहयोगका लागि लमजुङ परिवार दक्षिण कोरिया र कोरियामा रहेका लमजुङे साथै नेपालीलाई धन्यावाद ज्ञापन गर्नुभयो ।
लमजुङ परिवार दक्षिण कोरियाले यसअघि मध्यनेपाल नगरपालिका ६, लामासोती, भदौरे, पुरानडिही, गुम्बाबेंसीका पहिरो पीडितका लागि ६५ हजार रुपैयाँ सहयोग गरेको छ ।
लमजुङ परिवार दक्षिण कोरियाले मस्र्याङ्दी गाउँपालिका वडा नं. ५, तल्लो चिप्ला घर भइ हाल वडा नं. ४, च्याम्चेमा बस्दै आएका रक्त क्यान्सर पीडित १५ बर्षीय विकाशल विकलाई पनि सहयोग गरेको छ । बालकको उपचारको लागि ४१ हजार रुपैयाँ सहयोग गरेको परिवारका अध्यक्ष राजकुमार गुरुङले बताउनुभयो । उहाँका अनुसार मध्यनेपालका पहिरोपीडित र क्यान्सरपीडित बालकलाई संस्थाका निवर्तमान अध्यक्ष मेख दुराले राहत रकम हस्तान्तरण गर्नुभ्एको हो ।
अध्यक्ष गुरुङले विभिन्न किसिमका दुःख, पीडामा परेका तथा बिरामी असहायलाई सामूहिक प्रयोसबाट सहयोग गरिएको बताउनुभयो । विदेशमा भएका दाजुभाइ दिदीबहिनीले आफ्नो पीडालाई एकारित राखेर जन्मभूमि र जन्मभूमिमा रहनुभएका दाजुभाइ दिदीबहिनीप्रति माया झल्काएर पीडितलाई सहयोग गरेको अध्यक्ष गुरुङले बताउनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.