Skip to main content

Gorkha Sansar

नेकपा नेताकाे अश्लील शब्दसहितकाे च्याट बाहिरिएपछस

ताप्लेजुङ, २० भदौ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ताप्लेजुङले प्रदेश सांसद होमकुमारी साँवालाई पार्टीको जिल्ला कमिटीबाट तीन महिनाका लागि निलम्वन गरेको छ । एक युवतीसँग अश्लील च्याट गरेको कुरा सार्वजनिक भएपछि उनलाई जिल्ला समितिबाट निलम्वन गरिएको नेकपा ताप्लेजुङले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य तथा ताप्लेजुङ जिल्ला इञ्चार्ज भाष्कर काफ्लेले अस्वभाविक शब्द र अश्लील शब्द प्रयोग गरेको च्याट सार्वजनिक भएपछि प्रदेश सांसद साँवालई ३ महिनाका लागि निलम्वन गरिएको जानकारी दिए।

नेकपा ताप्लेजुङले काफ्लेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल बनाएको र कार्यदलको प्रतिवेदनका आधारमा उनलाई कारबाही गरिएको हो । सांसद साँवाले आफूबाट अब यस्ता कमि कमजोरी नहुने सर्तसहितको लिखित स्पष्टीकरण पार्टीलाई बुझाएकी छन्।

अश्लील शब्दसहितको च्याट सामाजिक सञ्जालमा भाइरल बनेपछि नेकपाले छानबिन समिति नै बनाउनु परेको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.