Skip to main content

Gorkha Sansar

अांबुखैरेनीमा १२ बेडकाे अाईसाेलेसन कक्ष निर्माण

आँबुखैरेनी, २० भदौं
स्थानीय स्तरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले १२ बेडको आइसोलेशन कक्ष तयार गरेको छ । आँबुखैरेनी गाउँपालिका वडा नं ३ शिवालय मन्दिर नजिक रहेको भवनमा गाउँपालिकाले प्रत्येक ४ वटा कोठामा ३/३ जनाका दरले राख्ने गरी १२ बेडको आइसोलेसन कक्ष तयार गरेको हो ।
विश्वभर दु्रतगतीमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण स्थानीय स्तरमा समेत दिनानुदिन बढ्दै गएको र आँबुखैरेनीबासीहरुलाई कोरोना संक्रमण देखिए अन्यत्रको आईसोलेशनमा नपठाई आफ्नै क्षेत्रको आईसोलेशन कक्षमा तुरुन्तै लैजान र संक्रमितले उपचार समेत छिटै प्राप्त गर्ने भएकोले आईसोलेशन कक्ष तयार गरिएको गाउँपालिका अध्यक्ष गिर बहादुर थापाले जानकारी दिनुभयो ।
कोरोना संक्रमितलाई सहज, प्राकृतिक र पारिवारिक वातारण महशुस गराउन मानिसको चहलपहल कम हुने मस्र्याङ्दी नदी किनारमा रहेको शिवालय मन्दिर नजिक आइसोलेशन कक्ष तयार गरिएको थापाले बताउनुभयो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.