Skip to main content

Gorkha Sansar

फ्लोरिडामा एकै दिनमा सर्वाधिक १५ हजार मानिस कोरोनाबाट संक्रमित ,न्यूयोर्कमा लगभग मृत्युको संख्या शुन्य

अमेरिकाको फ्लोरिडा राज्यमा एकै दिनमा १५ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । गत आइतबार जुलाई १२ का दिन अहिले सम्म कै सर्वाधिक संक्रमण भएको पुष्टी भएको छ ।

यता कोभिड-१९ बाट न्यूयोर्क राज्यमा ३२ हजार ३५० को ज्यान गएको र ४ लाख ७० हजार मानिस संक्रमित भएकोमा आइतबार प्रारम्भिक चरण सम्म मृत्युको संख्या शुन्य भएको पत्र पत्रिकाले उच्च प्राथमिकताको साथ समाचार प्रकाशित गरेका छन् ।

हाल सम्म अमेरिकाका अन्य राज्यहरु टेक्सस,जर्जिया र एरिजोनामा पनि अत्यधिक रुपमा संक्रमितको संख्या वृद्धि हुदै गएको छ । संक्रमितहरुको यो अवस्था संघीय सरकारले सिडिसीले दिएको निर्देशनलाई पालना नगरी मध्यशाला,व्यायामशाला ,कपाल काट्ने पसल र अन्य व्यवसायलाई खुला गरेको कारण यो स्थितिको सामना गर्नु परेको हो ।

साथै सामाजिक दूरी र मुखावरण(मास्क)लगाउन नसक्दा संक्रमणको संख्या आकासिएको हो ।

हाल सम्म अमेरिकामा १ लाख ३७ हजारको ज्यान गै सकेको छ भने ३३ लाख मानिस संक्रमित रहेका छन् । अहिले सम्म ९ लाख ५६ हाजर मानिस निको भएका छन् ।

श्रोत :सिएनएन/सिबिएस न्युज

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.