बाल विवाहमा सलग्न हुने बेहुला सहित पाँच जनालाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको व्यास नगरपालिका–११ की १४ वर्षकी बालिकासँग विहे गर्दा गर्दै प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा पर्नेमा गोरखाको लखनथापा गाउँपालिका–३ घर भएका २३ वर्षिय बेहुला, बेहुलाको बुबा, विहे कर्म गर्ने पण्डित एवं बेहुलीका बाबु र आमालाई बुधबार दिउँसो नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेलले जानकारी दिनुभयो । बालिकालाई सिन्दुर हालेर बेहुलाको घर लैजानै लाग्दा नियन्त्रणमा लिईएको उहाँले जानकारी दिनुभयो । मुलुकी अपराध संहिता–२०७४ को विवाह सम्बन्धि कुुसुरको दफा १७३ बमोजिम मुद्धामा दर्ता गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । उक्त संहिता अनुसार २० वर्ष नपुगी विवाह गर्न गराउन हुँदैन । २० वर्ष अघि विवाह भए रोक्ने, बदर गर्ने कानुनी व्यवस्था छ । बाल विवाहमा सलग्नलाई ३ वर्ष जेल, ३० हजार सम्म जरिवानाको व्यवस्था भएको जिल्ला प्रहरी कार्यालय तनहुँको प्रहरी नावय उपरीक्षक (डिएसपी) युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
थप समाचार
-
आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
गोर्खा संसारSeptember 11, 2026नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्डआईविवीअष्ट्रेलिया(AIWIBI AUSTRALIA)का डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको र... -
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवसमा रक्तदानसहित बिबिध कार्यक्रम सम्पन्न
गोर्खा संसारSeptember 9, 2026काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आय... -
भोटेकोशी बाढी प्रभावितलाई राहत सामग्री लिएर आँबुखैरेनीको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान
गोर्खा संसारSeptember 9, 2026आँबुखैरेनी, २४ भदौ — भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउन आँबुखैरेनीबाट संकलित राहत सामग्रीसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। स्थ... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
पालुङटारमा भोटेकोसी बाढीका ३३ मृतकको सम्झनामा श्रद्धाञ्जली सभा
गोर्खा संसारSeptember 7, 2026पालुङटार, गोरखा — भोटेकोसीको विनाशकारी बाढीमा परी ज्यान गुमाएका पालुङटारका ३३ जना नागरिकको सम्झनामा पालुङटार नगरपालिका–५, चारकुनेमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। पालुङटार नगरपा... -
गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि
गोर्खा संसारSeptember 4, 2026भानु, तनहुँ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा सञ्चालक समिति सदस्य वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि गरिएको छ । तनहुँको भानु नगरपालिका-१ भन्सार निवासी ५९ वर्षीय उपाध्यायक...