धादिङ : पहिरोले खानेपानीको पाइप बगाएपछि रुबीभ्याली गाउँपालिका-५ छुम्राङ गाउँमा पानीको हाहाकार भएको छ। तत्काल पहिरो पन्छाएर पाइप जडान गर्न नसकिने भएपछि यहाँका स्थानीय आकासको पानी संकलन गरेर पिउन बाध्य छन्। खानेपानीको पाइप जोड्नै नमिल्ने गरी पहिराले बगाएपछि गाउँमा खानेपानीको समस्या परेको हो। रुबीभ्याली गाउँपालिका-५ स्थित डेजोङबाट ल्याएको खानेपानीको पाइप असार १९ गतेको पहिरोले ठूलो क्षति पुर्याएको स्थानीय योराम तामाङले बताए। पहिरोले खानेपानीको पाइप क्षति गरेपछि गाउँमा खानेपानीको प्रबन्धसमेत नभएको तामाङले सुनाए। छुम्राङ गाउँमा १४ घर बस्ती छ। चारैतिरबाट भिरले घेरेको र पहिरो पनि खसेका कारण गाउँमा तत्काल नयाँ पाइपलाइन जडान गर्न नसकिने अवस्था रहेको वडा अध्यक्ष धिराज तामाङले जानकारी दिए। वडा अध्यक्ष तामाङका अनुसार पहिरोले पाइप अड्याउन बनाइएको तुइनसमेत टुटेको छ। अहिले गाउँबासीले आकाशे पानी संकलन गरेर पिउने गरेका छन्। धेरैको घरमा पानी संकलन गर्ने भाँडासमेत नहुँदा थप समस्या रहेको स्थानीय हिम्बा तामाङले बताए। यहाँका स्थानीयलाई एक वर्ष अघि शान्ति नेपाल नामक गैरसरकारी संस्था र वडा कार्यालयले खानेपानीको पाइप जडान गरिदिएका थिए। पहिरोका कारण समस्या भएपछि समस्या समाधानका लागि अध्ययन भइरहेको वडा अध्यक्ष तामाङले बताए।
थप समाचार
-
मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारीको २१ औँ साधारणसभा तथा ७ औँ अधिवेशन सम्पन्न
गोर्खा संसारSeptember 21, 2026आँबुखैरेनी, ४ असोज— तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीस्थित श्री मर्स्याङ्दी बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारणसभा तथा ७औँ अधिवेशन शनिबार ... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 20, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न... -
राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन निर्माणका लागि सप्ताह ज्ञान महायज्ञ सुरु कलश यात्रासहित भव्य उद्घाटन,
गोर्खा संसारSeptember 19, 2026कलश यात्रासहित भव्य उद्घाटन, साताभर धार्मिक कार्यक्रम र झाँकी प्रदर्शन हुने पालुङटार, असोज ३ । गोर्खाको पालुङटार नगरपालिका–७ खत्रीटारस्थित राधाकृष्ण मन्दिरको जीर्णोद्धार तथा भवन न... -
पालुङटार नगरपालिकामा भूमि व्यवस्थापन सेवा शुभारम्भ
गोर्खा संसारSeptember 18, 2026पालुङटार नगरपालिकामा भूमि व्यवस्थापनसम्बन्धी सेवा प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउने उद्देश्यले भूमि व्यवस्थापन सेवा शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ । पालुङटार नगरपालिक... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
पालुङटारमा डाँका–चोरीमा संलग्न रहेको आरोपमा दुई युवा पक्राउ
गोर्खा संसारAugust 15, 2026गोरखा । गोरखाको पालुङटार नगरपालिका क्षेत्रमा पैदलयात्रु तथा सर्वसाधारणलाई लुटपाट तथा चोरी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार गत साउन ५ गते राति करिब...