Skip to main content

Gorkha Sansar

कास्कीकाे माछापुच्छ्रे गाउँपालिका भेडावारीमा एन्फाकाे ड्रिम प्रोजेक्ट

गाेरखा संसार

कास्कीको माछापुच्छ्रे गाउँपालिका भेडावारीमा अखिल नेपाल फुटबल संघ (एन्फा) एन्फाले वहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने भएकाे छ ।

उक्त परियोजनाकाे लागि नयाँ आर्थिक वर्षमा एन्फाले १७ करोड ५५ लाख छुट्याउने निर्णय गरेकाे छ । गाउँपालिकका अध्यक्ष कर्ण बहादुर गुरङले याे ड्रिम प्रोजेक्टले हामी सबै लाई उत्साहित बनाएकाे छ”गुरूङले बताए ।

बजेट पारित भए लगतै टेन्डर आह्वानमा जाने एन्फाले जनाएको छ ।उक्त एकेडेमीको प्रोजेक्टका लागि गाउँपालिकाले २ सय ५२ रोपनी भन्दा वढी जग्गा उपलव्ध गराएको छ ।

वहुउद्धेश्यिय परियोजना भित्र ३ वटा मैदान सहित २ वटा फुटसल मैदान एक ५ हजार दर्शक क्षमताको रंगशाला ,होस्टल, पौडी पोखरी, जिमहल, पुस्तकालय, कन्फेरेन्सहल सहितको सुविधा रहने एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।

गाेलनेपाल बाट

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.