Skip to main content

Gorkha Sansar

पालुङ्टारमा नियमित खोप सञ्चालन हुने

रविन्द्र कंडेल
गोरखा संसार
जेठ २, गोरखा

गोरखाको पालुङ्टार नगरपालिका मा लकडाउनका कारण अवरुद्ध भएको नियमित खोप कार्यक्रम जेठ महिनादेखि शुरु हुने भएको छ ।
विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण विगत केही महिनादेखि नियमित खोपको कार्यक्रम समेत स्थगित गरिएकोमा जेठ २ गते बसेको नगर स्वास्थ्य शाखाको बैैठकले नियमित खोप सञ्चालन गर्ने निर्णय गरेको हो ।
नियमित खोपअन्तर्गत च्याङ्ली स्वास्थ्य चौकीले जेठ ४ गते च्याङ्ली स्वास्थ्य चौकी र जेठ ५ गते खत्रीटार शहरी स्वास्थ्य केन्द्र र अवण्डामा खोप सञ्चालन हुने च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले जानकारी दिनुभएको छ ।

नेपाल सरकारकाे प्रावधानअनुसार जन्मेदेखि २३ महिनासम्मका शिशुहरूलाइ बि.सि.जी, डि.पि.टी, दादुरा रूबेला लगायतका गरी विभिन्न ७ प्रकारका खाेप लगाउनुपर्नेमा नेपालमा लकडाउन भएसँगै यस नगरपालिकामा  बैशाख महिनामा खाेप लगाइएकाे छैन ।

नगरपालिका भित्र आँपपिपल अस्पताल सहित ७ स्वास्थ्य चौकी, ४ शहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य इकाइ १, आयुर्वेद र १ बर्थिङ सेन्टर, आकस्मिक प्रसुति केन्द्र १ र किशोर किशोरी मैत्री स्वास्थ्य सस्था ३, सुरक्षित गर्भपतन सेवा केन्द्र ६, ओटीसी सेन्टर २, आधारभूत ल्याब १ र २९ खोप क्लिनिक, गाउँघर क्लिनिक १८, लगायतका स्वास्थ्य संस्थाहरु रहेका छन् ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.