Skip to main content

Gorkha Sansar

पालुङ्टारबाट ३२ कामदार बाहिरिए, नगर प्रमुख, उप प्रमुख तथा वडाध्यक्षले सहयोग गरे

रविन्द्र कंडेल
गोरखा संसार
बैशाख ८, गोरखा

गोरखाको पालुङ्टार नगरपालिकाबाट ३२ जना कामदार वडा नं. ७ को च्याङ्ली नाकाबाट बाहिरिएका छन् । बाहिरिने क्रममा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख एवं वडा नं. ७ का वडाध्यक्ष ले सहयोग गरेका थिए ।
भूकम्पपश्चात पुन निर्माणको क्रममा कैलाली जिल्ला घर भई गोरखाको विभिन्न विद्यालयहरु बनाउने क्रममा यतिबेला नगरपालिकाको वडा नं. ४ स्थित अमर ज्योति मा.वि. लुइटेलको विद्यालय भवन निर्माण गर्दै गरेका कामदारहरु नेपाल सरकारले गरेको लकडाउन पछि घर जाने कुनै उपाय नभएका कारण हिँडेरै घर जाने निधो गरी वडा नं. ७ को नाकाबाट बाहिरिन लागेको वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले थाहा पाएपछि नगरपालिका कार्यालयमा खबर गरी नगर प्रमुख दिपक बाबु कंडेल, उप प्रमुख पम्फा बसेल र वडाध्यक्ष श्रेष्ठले पहल गरी गाडी चढाएर पठाएको वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
लामोसमयदेखि लकडाउनका कारण घरमा जान कुनै सवारी साधन नपाएपछि जति दिन लागेपनि हिँडेरै जान तयार भएका कामदारहरुले गाडी चढेर जान पाउँदा खुसी व्यक्त गरेका थिए । उनीहरुले काम गरिरहेको ठाउँमा पुगेरै हिजो नै नगरपालिकाको तर्फबाट उनीहरुलाई १ महिना सम्म पुग्ने खाद्यान्न पुर्याएको नगर प्रमुख इ दिपकबाबु कंडेलले बताउनुभयो । तर एक्कासी आज वडा नंं. ७ को नाका हुँदै बाहिरिन लागेको थाहा पाउने वित्तिकै आफूले उनीहरुलाई भेटेर फर्काउने कोसिस गरेको तर उनीहरु फर्कन नमानेपछि नगरपालिकाकै खर्चमा गाडी खोजेर नारायणगढसम्म पुर्याउने व्यवस्था मिलाइदिएको र सम्बन्धि पालिकाको प्रमुख तथा उपप्रमुख संग कुराकानी समेत गरेर सहजीकरण समेत गरिदिएको नगरप्रमुख कंडेलले बताउनुभयो । त्यस्तै गरी उनीहरुलाई बाटोमा खानको लागि विस्कुट, पानी लगायतका खानेकुरा समेत किनेर दिइपठाएको नगर प्रमुख कंडेलले बताउनुभयो । त्यस्तै गरी उनीहरुलाई पठाउने क्रममा स्थानीय प्रहरी प्रशासनले समेत सहजीकरण गरेको थियो ।
घर जाने टोलीमा १० महिला र २२ पुरुष गरी ३२ जना रहेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.