Skip to main content

Gorkha Sansar

जाँच परखः एक विमर्श -डा. नरविक्रम थापा

जाँच परख कुनै वस्तु, तथ्य, कार्य, परियोजना वा विचारको सत्यता, गुणस्तर, र उपयुक्तता पत्ता लगाउन गरिने गहिरो परीक्षण, निरीक्षण, र मूल्यांकन विधिहो । यो शब्द मुख्यतया परीक्षण, छानबिन र समीक्षासँग सम्बन्धित छ। जॉच परख भनेको विद्यार्थीको सम्पूर्ण शिक्षाअनुभवलाई मूल्याङ्कन गर्ने प्रक्रिया हो, जसले परीक्षा नम्बरको सट्टा ज्ञानको अवधारणा, लागू गर्ने क्षमता र शिक्षा परिणामलाई केन्द्रमा राख्छ। यसको उत्पत्ति शिक्षा सुधार आन्दोलनबाट भएको हो ।यसको महत्व विद्यार्थीको समग्र विकासमा छ। यसलाई शिक्षा, स्वास्थ्य, परियोजना प्रबन्धनआदिमा प्रयोग गरिन्छ। परियोजना मूल्याङ्कनमा पनि यसको प्रयोग भइरहेको छ, तर एल्गोरिद्ममा सीमित छ। यसको प्रक्रियामा लेखन, सहभागिता, प्रदर्शन आदि समावेश हुन्छन् । परियोजना मूल्याङ्कनसँग तुलना गर्दा जॉच परख अधिक व्यापक छ। चुनौतीहरूमा यसको निर्माण, मापन र विश्वसनीयतामा समस्या छ। यसको सम्पूर्ण विकासमा ध्यान दिनु आवश्यक छ।
‘जाँच’ र ‘परख’ दुवै शब्द संस्कृत तथा प्राकृत भाषाका शब्दहरूबाट विकसित भएका हुन् । ‘परख’ को अर्थ परीक्षा लिनु, सहि वा गलत छुट्याउनु र गुणस्तर चिन्नु हो । परम्परागत रूपमा सुनचाँदी वा वस्तुहरूको खोट छुट्याउन र मानिसको योग्यता जाँच्न यो शब्दको प्रयोग गरिन्थ्यो । यसले कुनै पनि काम वा निर्णयमा त्रुटि कम गर्न मद्दत गर्छ । परिणाम वा उत्पादन प्रति विश्वास बढाउँछ। यसको प्रयोगले सम्भावित खतरा र नोक्सानीलाई समयमै रोक्न सहयोग गर्छ ।
विभिन्न क्षेत्रमा प्रयोग
विद्यार्थीको सिकाइ उपलब्धिको मूल्यांकनगर्न र समग्र विकासको लागि ज्ञानको प्रदर्शन मूल्याङ्कन, समीक्षा, र विश्लेषण जस्ता फ्रेमवर्कद्वारा शैक्षिक गुणस्तर मापन गर्न,कार्यालयका कागजात, आर्थिक हिसाब र कानुनी प्रक्रियाको छानबिन गर्न र सफ्टवेयरको शुद्धता, डाटा प्रशोधन र एल्गोरिदमको नतिजा परीक्षण गर्न यस विधिको प्रयोग गर्न सकिन्छ ।आधुनिक परियोजना व्यवस्थापनमा परियोजनाको प्रगति, प्रभावकारिता र जोखिम जाँच्न लगातार जाँच परख गरिन्छ। त्यस्तै, आर्टिफिसियल इन्टेलिजेन्स र मेसिनलर्निङमा एल्गोरिदमको शुद्धता र निष्पक्षता जाँच गर्न यसलाई तीव्र रूपमा प्रयोग गरिन्छ। साथै विपद् जोखिमअनुगमन, न्युनिकरण तथाव्यवस्थापन क्षेत्रमापनि यो विधि अप्नाउन सकिन्छ ।
जाँच परखका विधिहरू
संस्था वा कार्यालयमा हिनामिना रोक्न र कामको गुणस्तर तथा शुद्धता पक्का गर्ने गरिन्छ । आन्तरिक जाँचका मुख्य तरिकाहरूमा कामको बाँडफाँड, दोहोरो सही, र भौतिक सुरक्षाको जिम्मा फरक–फरक व्यक्तिलाई दिने जस्ता विधिहरू पर्छन् ।कामको विभाजन एउटै व्यक्तिको हातमा पूरा कामनदिने, एक जनाले रेकर्ड राख्ने र अर्कोले रुजु गर्ने, बैंक चेक वा भौचरमा कम्तीमा दुई जना अधिकारीको सहीअनिवार्य गर्ने गर्नु पर्छ । नगद राख्ने र हिसाब राख्ने मान्छे फरक राख्ने गर्नाले जिम्मेवारीको पृथकीकरण हुन्छ । सामानकिन्ने र जिन्सीको रेकर्ड राख्ने काम छुट्टाछुट्टै व्यक्तिलाई दिने, एक कर्मचारीको कामअर्को कर्मचारीले स्वतःजाँचहुने गरी प्रणाली बसाल्ने गर्नाले कुनै पनि कार्यालयमा चुहावट रोक्न सकिन्छ ।
परियोजनाको मूल्यांकन सँग तुलना
जाँच परख निरन्तर र छिटो हुने सूक्ष्म परीक्षण हो, जसले ससाना त्रुटि वा खोट पत्ता लगाउँछ।परियोजना मूल्यांकन अलि व्यापक, व्यवस्थित र निश्चित अवधि सुरुआत, मध्य वा अन्त्यमा परियोजनाको समग्र प्रभाव र लक्ष्यप्राप्तिको विश्लेषण गर्ने औपचारिक प्रक्रिया हो ।
निष्कर्ष
सारमा, जाँच परख भनेको कुनै पनिकार्य, वस्तु वा विचारको वास्तविकता बाहिर ल्याउने र सुधारको बाटो देखाउने अनिवार्य कदम हो । यसको उद्देश्य शैक्षिक तथा प्रशासनिक क्षेत्रमा ‘जाँच–परख’को मुख्य उद्देश्य विद्यार्थीको सिकाइ उपलब्धिको मूल्याङ्कन, पाठ्यक्रम तथा मापदण्डमा एकरूपता, र समग्र विकासको विश्लेषण गर्नु हो । यसले व्यक्तिगत आचरणदेखि लिएर ठूला प्राविधिक तथा विकासात्मक परियोजनाहरूको सफलतामा महत्त्वपूर्ण भूमिका खेल्छ। प्रत्यक्ष रूपमा हेरेर वा पढेर कमी कमजोरी पत्ता लगाउने, प्रयोग गरेर नतिजा हेर्ने र तथ्यांक र कागजातको गहिरो लेखाजोखा गर्ने गरिन्छ ।जाँचगर्ने व्यक्तिको व्यक्तिगत सोच वा पूर्वाग्रहले नतिजा प्रभावित हुन सक्छ। गहिरो जाँच परख गर्न दक्ष जनशक्ति र पर्याप्त प्रविधिको कमी हुन सक्छ ।आधुनिक एल्गोरिदम र ठूला परियोजनाहरू धेरै जटिल हुने भएकाले सही मूल्यांकन गर्न गाह्रो हुन्छ। पारदर्शी र व्यवस्थित नियम बिना गरिएको जाँच परखले वास्तविक नतिजा दिँदैन । प्रविधि र मानव विवेक दुवैको सन्तुलित प्रयोगले मात्र मूल्यांकनलाई प्रभावकारी बनाउँछ। यो हाम्रै माटोमा विकास भएको मौलिक विधि हो । हामीले यस्ता विधिहरुलाई प्रवद्र्धन गर्नु पर्ने आवश्यक्ता छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.