Skip to main content

Gorkha Sansar

रसुवाको भोटेकोशी बाढीमा ९०३ जनाको शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन १० हजार ४५१ को उद्धार

काठमाडौं /  रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी मृत्यु भएका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो ।

प्राधिकरणका अनुसार बाढी तथा विपद्का घटनापछि ४ हजार २२७ जना अझै सम्पर्कविहीन रहेका छन् । हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ ।

फेला परेका शवमध्ये पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ वटा अस्पतालमा राखिएको प्राधिकरणले जनाएको छ ।

बाढीमा परी २६७ जना घाइते भएका छन् । तीमध्ये १५६ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने अन्य घाइतेको उपचार भइरहेको छ ।

विपद्पछिको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्राधिकरणका अनुसार हाल २० हजार ८१९ सुरक्षाकर्मी उद्धार तथा राहत कार्यमा खटिएका छन् ।

परिचालित सुरक्षाकर्मीमध्ये नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना रहेका छन् ।

बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, शव पहिचान, घाइतेको उपचार तथा प्रभावितको उद्धार र राहत वितरणलाई तीव्रता दिइएको प्राधिकरणले जनाएको छ ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.