Gorkha Sansar

नेपालगञ्जमा पहिलोपटक हुँदै WordCamp Nepal 2027, आयोजक टोलीका लागि आवेदन खुला

काठमाडौं, असार १५ — WordPress र समुदायमा आधारित प्रविधि कार्यक्रमप्रति रुचि राख्नेहरूका लागि खुसीको खबर छ। नेपालको प्रतिष्ठित WordPress सम्मेलन WordCamp Nepal 2027 को आयोजक (Organizer) टोलीमा सहभागी हुन आवेदन खुला गरिएको छ।

यसपटकको विशेषता भनेको WordCamp Nepal पहिलोपटक नेपालगञ्जमा आयोजना हुन लागेको हो। आयोजकका अनुसार सम्मेलन अस्थायी कार्यतालिका (Tentative Schedule) अनुसार ५ र ६ फेब्रुअरी २०२७ मा नेपालगञ्जमा आयोजना गर्ने तयारी गरिएको छ।

WordCamp Nepal 2027 लाई सफल बनाउन उत्साही, सिर्जनशील र समुदायप्रति प्रतिबद्ध व्यक्तिहरूलाई आयोजक टोलीमा सहभागी हुन आह्वान गरिएको छ। पहिलोपटक स्वयंसेवक बन्न चाहनेदेखि विगतमा WordCamp वा अन्य समुदाय–आधारित कार्यक्रम आयोजना गरिसकेका अनुभवी व्यक्तिसम्म सबैले आवेदन दिन सक्नेछन्।

आयोजक टोलीमा आबद्ध हुनेहरूले विश्वव्यापी WordPress समुदायसँग सहकार्य गर्ने, नयाँ सीप सिक्ने, नेतृत्व तथा कार्यक्रम व्यवस्थापनको अनुभव हासिल गर्ने, देश–विदेशका प्राविधिक विज्ञहरूसँग नेटवर्क विस्तार गर्ने तथा नेपालकै सबैभन्दा ठूलो WordPress सम्मेलनमध्ये एकलाई सफल बनाउन प्रत्यक्ष योगदान गर्ने अवसर प्राप्त गर्नेछन्।

WordCamp विश्वभर आयोजना हुने WordPress Foundation समर्थित खुला स्रोत (Open Source) समुदाय–आधारित सम्मेलन हो। नेपालमा यसले वेब विकास, डिजाइन, डिजिटल उद्यमशीलता, सामग्री व्यवस्थापन, कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा तथा समुदाय निर्माणजस्ता विषयमा ज्ञान आदान–प्रदानको प्रभावकारी मञ्चका रूपमा स्थापित हुँदै आएको छ।

आयोजकका अनुसार आवेदन दिनुअघि इच्छुक व्यक्तिसँग सक्रिय WordPress.org प्रोफाइल अनिवार्य रूपमा हुनुपर्नेछ।

नेपालगञ्जमा पहिलोपटक आयोजना हुन लागेको WordCamp Nepal 2027 ले लुम्बिनी, कर्णाली र सुदूरपश्चिमसहित देशभरका WordPress प्रयोगकर्ता, डेभलपर, डिजाइनर, ब्लगर, डिजिटल उद्यमी र प्रविधिप्रेमीहरूलाई एउटै मञ्चमा जोड्दै नेपालको खुला स्रोत समुदायलाई थप सशक्त बनाउने अपेक्षा गरिएकाे छ ।

Ready to be part of it?
Deadline: 25 July, 2026

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.