Gorkha Sansar

तनहुँमा गणतन्त्र दिवस–२०८३ भब्य रुपमा मनाइँदै

तनहुँमा गणतन्त्र दिवस–२०८३ भब्य रुपमा मनाइँदै
दमौली, १३ जेठ
तनहुँमा गणतन्त्र दिवश २ दिने कार्यक्रम गरि मनाईदै छ । यही जेठ १४ र १५ गते गणतन्त्र दिवस २०८३ भव्यताका साथ मनाउने निर्णय भएको छ । जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बुधबार बसेको बैठकले विविध कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । प्रमुख वाग्लेको संयोजकत्वमा १९ सदस्यीय जिल्ला समारोह समिति गठन भएको छ । जेठ १४ र १५ गते नेपाल पत्रकार महासंघको संयोजनमा रेडियो परिसम्वाद कार्यक्रम,विशेष समाचार प्रकाशन गर्ने,दुवै दिन साँझ दीपावली सबै सरकारी निकाय,प्रतिष्ठान तथा संघसंस्था,राजनीतिक दल र जिल्लाबासी नागरिकको सक्रियतामा जेठ १४ गते बिहान ७ बजे व्यास नगरपालिकाको संयोजनमा ३ नं वडा कार्यालय र तनहुँ उद्योग वाणिज्य संघ, दमौली बजार इकाईको सक्रियतामा अनसन चौतारी स्थित खुलाचौर तथा सार्वजनिक स्थल र शिवपञ्च मन्दिर परिसरमा सरसफाई गर्ने । त्यसैगरी प्रदेश जनस्वास्थ्य कार्यालय,दमौली अस्पतालको संयोजनमा जेठ १४ गते बिहान ७ ः ३० देखि ९ ः ३० सम्म अनसन चौतारीमा नागरिक स्वास्थ्य जाँच,जेठ १४ गते प्रदेश अस्पताल दमौलीको संयोजनमा व्यास १४ केशवटारमा नागरिक स्वास्थ्य जाँच पाठेघरको मुखको क्यान्सर परिक्षण तथा उपचार,जेठ १४ गते सबै सरकारी कार्यालयहरुको विहान ९ ः ३० बजे सरसफाई गर्ने,नेपाल हृदय रोग निवारण प्रतिष्ठानको संयोजनमा जेठ १४ गते ९ ः ३० बजे मुटु संम्बन्धी स्वास्थ्य जाँच प्रा.डा प्रकाश रेग्मीसहितको टोलीले निर्मल मावि परिसरमा गरिने भएको छ ।
त्यसैगरी व्यास नगरपालिकाको संयोजनमा जेठ १५ गते बिहान ७ ः १५ बजे प्रशासन चोकमा झण्डोत्तोलन गरिने । जेठ १५ गते व्यास नगरपालिका कार्यालयको संयोजनमा प्रभात फेरी कार्यक्रमको आयोजना गरिने छ । त्यसैगरी जेठ १५ गते बिहान ८ ः १५ बजे जिल्ला समन्वय समितिको आयोजनामा दमौली सभाहलमा शुभकामना आदानप्रदान गरिने जेठ १५ गते तनहुँ उद्योग वाणिज्य संघको संयोजनमा दमौली अस्पतालका विरामीलाई बिहान ९ ः ३० बजे फलफूल वितरण र जेठ १५ गते साँझ ७ बजे व्यास नगर जेसिजको संयोजनमा प्रशासन चोकमा दीपप्रज्वलन गरी मनाइने भएको छ ।
कार्यक्रममा तनहँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी , ब्यास नप उप प्रमुख ईन्दिरा दरै, विभिन्न रानैतिक दलका प्रमुख तथा प्रतिनिधि , सुरक्षा निकायका प्रमुखहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.