Gorkha Sansar

नेपालभर मौसममा बदली, चट्याङ्गसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ  /  हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक सक्रिय न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभर मौसम बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका केही भूभागमा आंशिक बदली देखिएको छ ।हाल कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रही केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्य प्रदेशका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

आज राति पनि कोशी प्रदेशसहित पहाडी र हिमाली क्षेत्रमा बदली कायम रहनेछ। कोशीका केही स्थान तथा मधेस, बागमती र गण्डकीका पहाडी क्षेत्रमा चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको छ। साथै उच्च हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

मौसमविद्हरूले चट्याङ्ग र वर्षाका कारण हुन सक्ने जोखिमबाट सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.