गोर्खाको पालुङ्टार नगरपालिका स्थित माझाटार खेलमैदानमा सञ्चालन भइरहेको मेयर कप फुटबल प्रतियोगितामा आज दुई खेल सम्पन्न भएका छन् भने वडा नम्बर ५ को टिम डिस्क्वालिफाइड भएपछि वडा नम्बर ४ स्वतः सेमिफाइनलमा पुगेको छ।
आज भएको वडा नम्बर २ र ७ बीचको खेलमा वडा नम्बर ७ ६ – ० गोल अन्तरले विजयी बनेको छ।त्यस्तैगरी वडा नम्बर ६ र वडा नम्बर ९ बीच भएको खेलमा वडा नम्बर ६ पेनाल्टी सुटआउटबाट अगाडि बढेको छ।
भोलि सेमीफाइनलका दुई र फाइनलको एक गरी तीन खेल सञ्चालन हुने छ। खेलको समापन भोलि नै हुने छ । प्रतियोगितामा प्रथम हुने टिमलाई नगद रु. ६० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले नगद रु. ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पालुङटार नगरपालिकाले जानकारी दिएको छ।
पालुङटारमा जारी मेयर कप २०८३ मा आज दुई खेल सम्पन्न :भोलि फाइनल सहित तीन खेल हुने