Gorkha Sansar

पालुङटारमा मेयर कप फुटबल सुरु, उद्घाटनमै रोमाञ्चक प्रतिस्पर्धा

पालुङटारमा मेयर कप फुटबल सुरु, उद्घाटनमै रोमाञ्चक प्रतिस्पर्धा
पालुङटार नगरपालिका आयोजनामा गोरखाको ठाँटीपोखरीस्थित माझाटार खेलमैदानमा मेयर कप फुटबल प्रतियोगिता औपचारिक रूपमा सुरु भएको छ। नगर प्रमुख विवश चिन्तनको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति गोरखाका अध्यक्ष मोहनबहादुर थापा मगर प्रमुख अतिथिको रूपमा सहभागी हुनुभएको थियो।
उद्घाटनपछिको पहिलो खेलमा वडा नम्बर ६ ले वडा नम्बर ३ लाई ३–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुआत गरेको छ। त्यस्तै, दोस्रो खेलमा वडा नम्बर १ ले वडा नम्बर ८ लाई ३–० गोल अन्तरले हराएको छ।
नगरपालिकाका १० वटै वडाको सहभागिता रहेको प्रतियोगिता वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगिताअन्तर्गत वैशाख ५ गते बिहान ८:३० बजे वडा नम्बर ४ र वडा नम्बर ५ बीच प्रतिस्पर्धा हुने, दिउँसो १:०० बजे वडा नम्बर २ र वडा नम्बर ७ आमनेसामने हुने तथा साँझ ३:०० बजेपछि वडा नम्बर ६ र वडा नम्बर ९ बीच खेल हुने तालिका सार्वजनिक गरिएको छ।
प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास गर्दै युवाहरूमा उत्साह र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.