Gorkha Sansar

इमान्दारिताको उदाहरण बने सुक बहादुर तामाङ

गोरखा, ३० वैशाख ।
गोरखा जिल्लाको पालुङटार नगरपालिका–५ ठाँटीपोखरीबाट डुम्रे तर्फ जाँदै गरेको विङ्गर गाडीमा फेला परेको सुनको सिक्री सम्बन्धित धनिलाई बुझाइएको छ।
वैशाख २९ गते गाडी चालक सुक बहादुर तामाङ ले आफ्नो गाडीमा सुनको सिक्री फेला पारी तत्काल इलाका प्रहरी कार्यालय ठाँटीपोखरी, गोरखालाई जानकारी गराएका थिए। त्यसपछि प्रहरीले खोजतलास तथा आवश्यक अनुसन्धान गर्दा उक्त सिक्रीको धनी पालुङटार नगरपालिका–६ कालामाटा निवासी सुष्मा थापा रहेको खुलेको थियो।
प्रहरीले वैशाख ३० गते उक्त सुनको सिक्री सम्बन्धित धनिलाई जिम्मा लगाएको जनाएको छ। साथै, बहुमूल्य सामान फेला पारी इमान्दारितापूर्वक प्रहरीलाई बुझाई समाजमा सकारात्मक उदाहरण प्रस्तुत गरेको भन्दै चालक सुक बहादुर तामाङप्रति इलाका प्रहरी कार्यालयले धन्यवाद व्यक्त गरेको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.