Skip to main content

Gorkha Sansar

पालुङटारमा अंग्रेजी बिषय समिति गठनः अध्यक्षमा भाइकृष्ण सुनार

मंसिर २८, गोरखा

गाेरखाकाे पालुङटार नगरपालिकाले असल सिकाइ अभ्यास अादान प्रदान कार्यक्रमसंगै अाज एक कार्यक्रमका बीच भाइकृष्ण सुनारकाे अध्यक्षतामा ७ सदस्यीय अंग्रेजी बिषय काे बिषयगत समिति गठन गरेकाे छ ।

अाज नगरपालिकाकाे सभाहलमा सञ्चालन भएकाे नगरस्तरीय कक्षा ४ देखि १२ सम्म अध्यापनरत शिक्षकहरूकाे भेलाले साे समिति चयन गरेकाे हाे । जसकाे उपाध्यक्षमा ज्याेति धिताल, सचिवमा डा.रविन्द्र कंडेल, सहसचिवमा इश्वर देवकाेटा र काेषाध्यक्षमा सुनिता पाैडेल रहनुभएकाे छ । जसकाे सदस्यहरूमा गिरिजा अाले र दिप्सना गिरी रहनुभएकाे छ ।

सभाहलमा नगरप्रमुख बिवश चिन्तनकाे प्रमुख अातिथ्यतामा सम्पन्न भएकाे कार्यक्रमकाे सहजीकरण शिक्षा,युवा तथा खेलकुद शाखा पालुङटारका प्रमुख मनाेज सिर्मल ले गर्नुभएकाे थियाे । उहाँले विषयवस्तुकाे अाैचत्य तथा अागामी दिनमा गरिने रणनिती तथा शैक्षिक गुणस्तर बृद्धिका लागि गर्न सकिने पहल लगायततका बिषयमा सहजीकरण गर्नुभएकाे थियाे भने श्राेत शिक्षक सन्ताेष पाण्डेले सञ्चालन गर्नुभएकाे थियाे ।

नगरपालिकाले अाफ्नाे पालिकाभित्रका विद्यालयहरूले गरेका फरक नयाँ अभ्यासहरूकाे अादान प्रदान गर्ने तथा शैक्षिक गुणस्तर सुधारका लागि थप प्रयास गर्ने उदेश्यअनुरूप ५ अाेटा अनिवार्य विषयहरूकाे विषयगत समितिकाे गठन गर्ने र ती समितिहरूलाइ सक्रिय बनाएर अगाडी बढाउने तयारी गरिरहेकाे नगर प्रमुख चिन्तनले बताउनुभएकाे थियाे । यसै अनुरूप हिजाे नेपाली बिषयकाे समिति गठन भइसकेकाे र भाेलि बिज्ञान बिषयकाे र पर्सि गणित बिषयकाे समिति गठन गरिने शिक्षा शाखा प्रमुख सिर्मलले जानकारी दिनुभयाे ।

 

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.