Skip to main content

Gorkha Sansar

त्रिविले माग्यो सुरक्षा, कार्यालयमा काम गर्न सहज वातावरण बनाउने आग्रह

विद्यार्थी संगठनको तोडफोडपछि त्रिविको सुरक्षा गुहार, सरकारलाई सुरक्षित कार्य वातावरण बनाउन आग्रह

काठमाडौं, २७ साउन । विद्यार्थी संगठनको तोडफोड र धम्कीका घटनापछि त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सरकारसँग औपचारिक रूपमा सुरक्षा माग गरेको छ । विश्वविद्यालयले कर्मचारी र पदाधिकारीहरूलाई सुरक्षित वातावरणमा हिँड्न र कार्यालयमा बसेर काम गर्न सक्ने अवस्था बनाउन सरकारसँग आग्रह गरेको हो ।

त्रिविका एक अधिकारीका अनुसार, सुरक्षाको मागसहित जिल्ला प्रशासन कार्यालयमा पत्र पठाइएको छ । साथै गृहमन्त्री रमेश लेखक र शिक्षामन्त्री रघुजी पन्तलाई समेत आवश्यक सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।

गत सोमबार अखिल क्रान्तिकारीले शुल्क घटाउनुपर्ने मागसहित रजिस्ट्रार कार्यालय र रेक्टर कार्यालयमा तोडफोड गरेको थियो । घटनाका क्रममा प्रहरी र विद्यार्थीबीच झडप हुँदा केही विद्यार्थी घाइते भएका थिए ।

अन्तर्राष्ट्रिय सम्बन्ध, द्वन्द्व र शान्ति, सामाजिक कार्य, र लैङ्गिकता सम्बन्धी अध्ययन कार्यक्रमलाई ९ महिना अघि केन्द्रीय विभागमा गाभिएको थियो । उक्त गाभिएका कार्यक्रमको शुल्क घटाउनुपर्ने माग राख्दै अखिल क्रान्तिकारीले २० दिनदेखि उपकुलपति दीपक अर्यालको कार्यकक्ष अगाडि धर्ना दिइरहेका छन् । उपकुलपति अर्यालका अनुसार, लगातारको धर्ना र अवरोधका कारण कार्यकक्षमा बसेर काम गर्न असज भएकाे बताए ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.