Skip to main content

Gorkha Sansar

बन्दिपुर केवलकार “उद्यमशील पत्रकारिता पुरस्कार”बाट तनहुँका तीन जना पत्रकार शनिबार पुरस्कारबाट सम्मानित

न्दिपुर केवलकार “उद्यमशील पत्रकारिता पुरस्कार”बाट तनहुँका तीन जना पत्रकार शनिबार पुरस्कारबाट सम्मानित
बैशााख ६ , तनहुँ
तनहुँकाे बन्दिपुरमा संचालित बन्दिपुर केवलकार “उद्यमशील पत्रकारिता पुरस्कार”बाट तनहुँका तीन जना पत्रकार शनिबार पुरस्कारबाट सम्मानित हुनु भएकाे छ । बन्दिपुर केवलकार एण्ड टुरिजम लिमिटेडको चौथो साधारण सभाको अवसरमा शनिबार उद्यमशीलता विकासका लागि सशक्त रुपमा कलम चलाए बापत उहाँहरुको उचित मूल्याङकन गर्दै सम्मानित गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधी सभा सदस्य डा. स्वर्णिम वाग्ले, गण्डकी प्रदेश नेकपा माओबादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान लगायतका अतिथीहरुले जनही पुरस्कार राशी ५१ हजार रुपैयासहित र दोसल्ला र प्रमाणपत्रले सम्मानित गरेका थिए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष एवं रेडियो बन्दिपपुरका स्टेसन म्यानेजर डिपिि अधिकारी, लोकवाणी दैनिकका सम्पादक प्रकाशचन्द्र भट्टराई र जनचाहना न्यूज डट कमका कार्यकारी सम्पादक एस बि नेपाली सम्मानित हुनु भएकाे हाे ।
कम्पनीका संचालक एवं पत्रकार तारानाथ उपाध्यायको संयोजकत्वमा गठित समितिले नियमित मापदण्ड अनुरुप तीन जना पत्रकार छनोट गरि संचालक समिति समक्ष सिफारिस गरेको थियो ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.