Skip to main content

Gorkha Sansar

चैत्र २१ गतेदेखि २५ गतेसम्म गोरखामा प्रथम उप मेयर कप भलिबल प्रतियोगिता हुने

आगामी चैत्र २१ गतेदेखि २५ गतेसम्म गोरखामा प्रथम उप मेयर कप भलिबल प्रतियोगिता हुने भएको छ । गोरखा नगरपालिकाको आयोजनामा नगरपालिका स्तरीय फुटबल प्रतियोगिता हुन लागेको जनाइएको छ। प्रतियोगितामा गोरखा जिल्लाका ११ वटै स्थानीय तहका खेलाडीहरू र गोरखा नगरपालिकासँग भगिनी सम्बन्ध रहेको धादिङको नीलकण्ठ नगरपालिका को गरी १२ टिमको सहभागिता हुने जनाइएको छ ।
खेलमा प्रथम हुनेलाई नगद रु. १ लाख १,११ प्रमाणपत्र र ट्रफी प्रदान गरिने नगरपालिकाले जनाएको छ । त्यस्तैगरी दोस्रो हुनेलाई नगद रु ५१ हजार १११ प्रमाणपत्र र ट्रफी, तेस्रो हुनेलाई ३०,११ प्रमाणपत्र र ट्रफी र चौथो हुनेलाई नगद रु १५,१११ प्रमाणपत्र र ट्रफी प्रदान गरिने बताइएको छ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.