Skip to main content

Gorkha Sansar

नवौं बागेश्वरी कप खुल्ला पुरुष भलिबल प्रतियोगिता चैतको पहिलो साता हुने

नवौं बागेश्वरी कप खुल्ला पुरुष भलिबल प्रतियोगिता चैतको पहिलो साता हुने
२०८१ फागुन १९ गते
तनहुँ । बन्दीपुर गाउँपालिका वडा न:६ काफलस्वँरामा नवौं बागेश्वरी कप २०८१ अन्तर्गत खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता बागेश्वरी युवा क्लबको आयोजनामा आगामी चैत १ गतेदेखि ४ गते सम्म हुन लागेको हो ।
प्रतियोगितामा उत्कृष्ट चार स्थान हाँसिल गर्ने टिम लाई नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। नगदमा प्रथम पुरस्कार रु. ३३ हजार ३ सय ३३, दोस्रो पुरस्कार रु. २२ हजार २ सय २२ , तेस्रो पुरस्कार रु. ११ हजार १सय ११ र सान्त्वना पुरस्कार रु ५ हजार ५ सय ५५ रहेको छ । यस्तै उत्कृष्ट खेलाडी अन्तर्गत उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिफ्टर र उत्कृष्ट ब्लकरलाई जनही रु १ हजार र सर्वोत्कृष्ट खेलाडीलाई रु १ हजार ५ सय व्यवस्था गरिएको छ । साथै पुरस्कृत हुने सबैलाई नगदमा साथै ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता बन्दीपुर गाउँपालिका वडा न: ६ काफलस्वँरा खेलमैदानमा हुनेछ । फागुन २७, २८ र २९ गते टीम दर्ता गर्न सकिन्छ भने दर्ता शुल्क ३००० रुपैयाँ तोकिएको छ।
खेलाडीहरूले आफ्नो टिम फोनबाट पनि दर्ता गर्न ९८४१८२४८३८ वा ९८२३९९६४८४ मा सम्पर्क ग सकिने क्लबका अध्यक्ष नबिन गुरुङले बताए।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.