Gorkha Sansar

अरिङ्गालको टोकाइबाट ६५ वर्षीय कमरको मृत्यु

रविन्द्र कँडेल गोर्खा

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ सानो पेशीका ६५ वर्षीय जयबहादुर कमरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको छ।

भदौ ११ गते बिहान घैया धान गोडेर फर्कने क्रममा बाटोमा नजिकै रहेको पिपलको रुख मा कालो अरिङ्गाल हेर्न जाँदा अरिङ्गालले टोकेर कमर घाइते भएका थिए। परिवारले निज कमर घाइते भएको थाहा पाएपछि प्राथमिक उपचार गरेका थिए ! प्राथमिक उपचार गरेर घरमै रहेका कमरको साँझ ४ बजेतिर मृत्यु भएको थियो।

कमरको मृत्युको खबर परिवार स्रोतले प्रहरीलाई जानकारी गराए पश्चात् रातमाटे प्रहरी चौकीबाट खटी गएको टोलीले प्रारम्भिक अनुसन्धान पश्चात पोस्टमार्टमको लागि जिल्ला अस्पताल गोरखा पठाएको जनाइएको छ। पोस्टमार्टम पश्चात् निजको शव परिवारले बुझेर लगेको जिल्ला प्रहरी कार्यालय गोरखा ले बताएको छ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.