Gorkha Sansar

बन्दीपुरमा नयाँ वर्ष २०८१ को अवसरमा सडक खाना महोत्सव हुने

बन्दीपुर । तनहुको पर्यटकीय नगरी बन्दीपुरमा नयाँ वर्ष २०८१ को अवसरमा सडक खाना महोत्सव हुने भएको छ। बन्दीपुरको पर्यटन प्रवर्द्धनको लागि बन्दीपुरका विभिन्न संघसंस्थाहरू बन्दीपुर पर्यटन विकास समिति, क्षेत्रीय होटल सङ्घ तनहुँ, उद्योग वाणिज्य सङ्घ बन्दीपुर बजार इकाइ, रेबानको संयुक्त आयोजनामा चैत ३० वैशाख १ र २ गते सडक खाना महोत्सव आयोजना गरिएको हो।

सडक खाना महोत्सवको अवसरमा बन्दीपुरमा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने पर्यटन विकास समितिका अध्यक्ष किशन प्रधानले बताएका छ । कार्यक्रममा मगर, नेवार, गुरुङ, ब्राह्मण लगायत अन्य जातजातिका सांस्कृतिक नृत्यलाई प्रस्तुत गरिने उनले बताए ।


 

 


बन्दीपुरमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ। पछिल्लो तथ्याङ्क हेर्दा विशेषगरी चिनिया पर्यटकको सङ्ख्या बढी भएको पर्यटन प्रहरीले बताएको छ। तथ्याङ्क अनुसार २६ देशबाट पर्यटक आएको पाइन्छ। विशेषगरी बन्दीपुरमा जापान, चीन, इटाली, स्पेन, नेदरल्यान्ड, फ्रान्स, अमेरिका, जर्मनी, डेनमार्क, पाकिस्तान , अस्ट्रेलिया बेलायत आयरल्यान्ड दक्षिण कोरिया बेल्जियम, थाइल्याण्ड, ताइवान, स्विजरल्यान्ड, मलेसिया, हल्यान्ड, पोर्चुगल, चेक, रिपब्लिक, इरान, भारत ,ग्रिस र अर्जेन्टिनाका पर्यटकहरु रहेका छन् ।

 

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.