गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको श्री उज्ज्वल कृषि सहकारी संस्था लिमिटेडको एघारौं बार्षिक साधारण सभा पाैष ११ गते बिरुवाटारमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मानबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको सो वार्षिक साधारण सभामा जिल्ला सहकारी सङ्घ गोर्खाका सचिव सरोज देवकोटाले प्रमुख अतिथिको रुपमा आफ्ना भनाइहरु राख्नुभएको थियो। त्यस्तैगरी विशेष अतिथिको रुपमा पालुङ्गटार नगरपालिकाका निवर्तमान नगर प्रमुख इन्जिनियर दिपक कडेलले आफ्ना भनाइहरु राख्नुभएको थियो। संस्थाकी सदस्य सावित्रा बिकले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा पालुङटार नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष अर्जुनबहादुर कुमाल, नगरपालिका कार्यपालिका सदस्य पम्फा विक, मजुवा बचत तथा ऋण सहकारी संस्थाका इन्द्र कोइराला, च्याङ्ली बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि अम्बिका श्रेष्ठ लगायतकाले शुभकामना मन्तब्य राखेका थिए। सो कार्यक्रममा सचिव प्रेम बहादुर कुमारले सचिवको प्रतिवेदन, कोषाध्यक्ष रामकृष्ण भण्डारीले आर्थिक प्रतिवेदन र अध्यक्ष मानबहादुर थापाले संस्थाको प्रगति प्रतिवेदन पेश गरेका थिए भने संस्थाका जेष्ठ सदस्य कमलराज श्रेष्ठ, शेयरधनी महेन्द्र श्रेष्ठका छाेरा चन्द्र कुमार श्रेष्ठलाई कक्षा १२ काे परिक्षामा उत्कृष्ट अंक ल्याएकाेमा सम्मान गरिएको थियो।
थप समाचार
-
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवसमा रक्तदानसहित बिबिध कार्यक्रम सम्पन्न
गोर्खा संसारSeptember 9, 2026काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आय... -
भोटेकोशी बाढी प्रभावितलाई राहत सामग्री लिएर आँबुखैरेनीको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान
गोर्खा संसारSeptember 9, 2026आँबुखैरेनी, २४ भदौ — भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउन आँबुखैरेनीबाट संकलित राहत सामग्रीसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। स्थ... -
पालुङटारमा भोटेकोसी बाढीका ३३ मृतकको सम्झनामा श्रद्धाञ्जली सभा
गोर्खा संसारSeptember 7, 2026पालुङटार, गोरखा — भोटेकोसीको विनाशकारी बाढीमा परी ज्यान गुमाएका पालुङटारका ३३ जना नागरिकको सम्झनामा पालुङटार नगरपालिका–५, चारकुनेमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। पालुङटार नगरपा... -
गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि
गोर्खा संसारSeptember 4, 2026भानु, तनहुँ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा सञ्चालक समिति सदस्य वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि गरिएको छ । तनहुँको भानु नगरपालिका-१ भन्सार निवासी ५९ वर्षीय उपाध्यायक... -
स्वर्गीय समी कुमालको स्मृतिमा पूर्वविद्यार्थी समाजद्वारा श्रद्धाञ्जली
गोर्खा संसारSeptember 4, 2026गोरखा । जीवनज्योति माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले स्वर्गीय समी कुमालको घरमै पुगेर १८ गते का दिन श्रद्धाञ्जली सभा सम्पन्न गरेका छन् । स्वर्गीय कुमालको निधनप्रति दुःख व्यक... -
विपत्तिमा राजनीति होइन मानवता : राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
गोर्खा संसारSeptember 4, 2026काठमाडौं । देशका विभिन्न भागमा आएको भीषण बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले दुःख व्यक्त गरेक...