Skip to main content

Gorkha Sansar

कुशे अाैंशी मा १८ जना बृद्धा बा हरूलाई सम्मान (फाेटाेसहित)

नेपाली हिन्दु परम्पराअनुसार बाबुको मुख हेर्ने दिनको अवसर पारेर सो च्याङलि सामुदायिक सिकाइ केन्द्रले पालुङटार नगरपालिका भित्र रहेका 18 वटै टोलविकास संस्था भित्रका जेष्ठ नागरिक बुबाहरुलाई सम्मान गरेको छ ।
भाद्र 28 गतेका दिन कुशेऔंसी तथा बाबुको मुख यने दिनको अवसर पारेर जस्ता नागरिकहरूलाई सम्मान गर्दै आसपास प्रहरी गर्ने कार्यक्रम गरिएको @च्याङली सिकाई केन्द्र का अध्यक्ष रविन्द्र कडेलले बताउनुभयो । 14 सय 50 घरधुरी रहेको पालुङ्टार नगरपालिका वडा नम्बर 7 मा 18 वटा टोलविकास संस्था रहेका छन् ।
उहाँहरु सबैलाई उहाँहरूको घर-घरमा भुजेर सामुदायिक कायम केन्द्रका अध्यक्ष लगायत कार्यसमितिका पदाधिकारीहरु र वडा कार्यालयका प्रतिनिधि हरु को उपस्थितिमा उहाहरुलाई टोपी लगाएर दोसल्ला ओढाई खानेकुरा दिएर सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा चारकुने टाेलबिकास संस्थाका दल बहादुर बि.क, त्रिनेत्र टाेलबिकास संस्थाका मुन्द्रे कुमाल, मजुवा अबण्डा टाेलबिकास संस्थाका ताेयानाथ काेईराला, धाेद्रेबरा टाेलबिकास संस्थाका बलराम कुमाल, गाउंबेसी टाेलबिकास संस्थाका भक्त बहादुर थापा, जाेगीस्थान टाेलबिकास संस्थाका जीत बहादुर श्रेष्ठ, बगर नयाँ बस्ती माझीगाऊ टाेलबिकास संस्थाका सूर्य बहादुर कुमाल, ठुल्टार अालेबर बाेटगाउ टाेलबिकास संस्थाका मंगल कुमाल, नागास्थान टाेलबिकास संस्थाका जित बहादुर कुमाल, काेलडांडा टाेलबिकास संस्थाका बेन बहादुर कुमाल, राधाकृष्ण टाेलबिकास संस्थाका जित बहादुर कुमाल, मिलिजुली टाेलबिकास संस्थाका मन बहादुर कुमाल, जुडीखाेलाटाेलबिकास संस्थाका सुकलाल श्रेष्ठ, शेरा मुहाने टाेलबिकास संस्थाका नर बहादुर गुरूङ, माई मनकामना टाेलबिकास संस्थाका नर बहादुर थापा, कुमालटारी टाेलबिकास संस्थाका कमल राज श्रेष्ठ, खाेलाघाट भट्टफांट टाेल बिकास संस्थाका साेमे कुमाल र झुसेटार टाेलबिकास संस्थाका हिमलाल कुमाल रहेका छन् ।

थप समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.