असार २३ गते, गाेरखा । पोखरा विश्वविद्यालय जनस्वास्थ्य समुह क का विद्यार्थीहरूद्वारा जीवन ज्योती मा वि सभागृह हलमा सामुदायिक स्वास्थ्य निरूपण कार्यक्रम अन्तरगतको पहिलो सामुदायिक प्रस्तुतिकरण कार्यक्रम सुसम्पन्न भएको छ । उक्त कार्यक्रम टिम लिडर समुन्द्र लगुनको अध्यक्षतामा सम्पन्न गरिएको थियो । साथै कार्यक्रममा पोखरा विश्वविध्यालयका उपप्रध्यापक राजेन्द्र लामीछानेले बिद्यार्थीहरूका लागि निर्देशनसहितकाे मन्तब्य राख्दै समुदायसंग नम्र र ब्यवस्थित रूपमा अघि बढनुपर्ने बताउनुभएको थियाे । साे अबसरमा पालुङ्टार ७, अन्तर्गत नागास्थान टाेलबिकास संस्थाका अध्यक्ष चन्द्र ब. कुमाल, खाेलाघाट भट्टफांट टाेलबिकास संस्थाका अध्यक्ष राजु ब. कुमाल, च्याङली स्वास्थ्य चौकीका सिनियर अ.हे.ब. भरतराज पाण्डे, जीवनज्योती मा वि का शिक्षक तथा रेडीयो बन्दीपुर तथा गोरखा संसार प्रा. लि.का संचालक रविन्द्र कंडेल लगायतकाले शुभकामना मन्तब्य राखेका थिए । बिभिन्न टाेलबिकास संस्थाका अध्यक्षहरू, महिला समूहका प्रतिनिधि हरू, सुरक्षाकर्मी लगायतकाकाे उपस्थितिमा सम्पन्न साे कार्यक्रममा विध्यार्थीहरूले समुदायबाट नमुना तथ्यांक संकलन गरि विश्लेशण गरेर प्राप्त मुख्य मुख्य तथ्य विवरणहरू प्रस्तुत गरेका थिए । जसमा जनसांख्यिक, सरूवा तथा दिर्घ रोग, सन्तुलित अहार, मातृशिशु स्वास्थ्य, वातावरणिय स्वास्थ्य सम्बन्धि विवरणहरू थिए । साथै कार्यक्रममा उपस्थित अतिथिहरूले सल्लाह सुझावका साथै शुभकामना मन्तव्य समेत प्रस्तुत गर्नुभएको थियो । यसअघि पनि १ महिने फिल्ड अभ्यासमा अएका विध्यार्थीहरूले सामुदायिक भेला सामुदायिक नक्सांकनका साथै विध्यालय स्वास्थ्य कार्यक्रम समेत सन्चालन गरेका थिए । अवका दिनमा पनि समुदायमा रहेको मुख्य वास्तविक स्वास्थ्य समस्या प्राथमिकिकरण आवश्यकता पहिचान गरि विध्यार्थी तहबाट सकिने शुक्ष्म स्वास्थ्य परियोजना सन्चालन फिल्ड प्रतिवेदन प्रस्तुत गर्ने जनकारी टिम लिडर समुन्द्र लगुनले दिनुभयो र आगामी दिनमा पनि समुदायस्तरबाट साथ सहयोग प्राप्त गर्ने विश्वास समेत राख्नुभएको थियो । थप फाेटाे तथा भिडियाे Gorkha Sansar काे फेसबुक पेज बाट हेर्न सकिनेछ ।
थप समाचार
-
आईविवीकी ब्यूटी कुमारी सर्राफले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण
गोर्खा संसारSeptember 11, 2026नेपालमा गुणस्तरीय अष्ट्रेलियन ब्रान्डआईविवीअष्ट्रेलिया(AIWIBI AUSTRALIA)का डायपर तथा बेबी केयर उत्पादनको आधिकारिक वितरक शुभम हेल्थ केयर प्रोडक्ट्स प्रा.लि.ले भोटेकोशी बाढीपीडितको र... -
नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवसमा रक्तदानसहित बिबिध कार्यक्रम सम्पन्न
गोर्खा संसारSeptember 9, 2026काठमाडौं । नेपाल चलचित्र कलाकार संघले आफ्नो ३८औँ स्थापना दिवस सामाजिक सेवामूलक कार्यक्रमसहित मनाएको छ । मंगलबार काठमाडौंको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा विशेष समारोह आय... -
भोटेकोशी बाढी प्रभावितलाई राहत सामग्री लिएर आँबुखैरेनीको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान
गोर्खा संसारSeptember 9, 2026आँबुखैरेनी, २४ भदौ — भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई राहत तथा मानवीय सहयोग उपलब्ध गराउन आँबुखैरेनीबाट संकलित राहत सामग्रीसहितको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ। स्थ... -
विघटनको अँध्यारो होइन, एकताबद्ध उज्यालो रोजौँ
गोर्खा संसारSeptember 8, 2026– डी.बी. सर्वश्रेष्ठ कम्युनिस्ट पार्टी पद र प्रतिष्ठाकाे होइन, वर्गीय मुक्ति र विचारको यात्रा हो । असहमतिलाई घेराबन्दी र अफवाह होइन, संस्थागत बहस र जनताको विश्वासबाट सम्बोधन गरौँ... -
पालुङटारमा भोटेकोसी बाढीका ३३ मृतकको सम्झनामा श्रद्धाञ्जली सभा
गोर्खा संसारSeptember 7, 2026पालुङटार, गोरखा — भोटेकोसीको विनाशकारी बाढीमा परी ज्यान गुमाएका पालुङटारका ३३ जना नागरिकको सम्झनामा पालुङटार नगरपालिका–५, चारकुनेमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। पालुङटार नगरपा... -
गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि
गोर्खा संसारSeptember 4, 2026भानु, तनहुँ । गोरखापत्र संस्थानका पूर्व महाप्रबन्धक तथा सञ्चालक समिति सदस्य वसन्तप्रकाश उपाध्यायको अन्त्येष्टि गरिएको छ । तनहुँको भानु नगरपालिका-१ भन्सार निवासी ५९ वर्षीय उपाध्यायक...