गण्डकी गाउँपालिकाकाे अध्यक्षमा माअाेवादीका तिमिल्सिना र उपाध्यक्षमा काँग्रेसकी अधिकारी निर्वाचित

गाेरखा- गण्डकी गाउँपालिकाकाे अध्यक्षमा दीपक तिमिल्सिना निर्वाचित भएका छन् ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार तिमिल्सिनाले कांग्रेसका उम्मेदवार हाेमबहादुर रानालाई १ हजार ६७१ मतान्तरसहित निर्वाचित भएका हुन् । राना निवर्तमान पालिका अध्यक्ष हुन् ।

तिमिल्सिनाले ६ हजार ३२६ मत ल्याए भने उनका निकटम प्रतिस्पर्धी कांग्रेसका राना ४ हजार ६६५ मतका साथ पराजित भएका हुन् ।

रानाले तिमिल्सिनाई २०७४ काे निर्वाचनमा २८१ मतले पराजित गरेका थिए । कुल १८ हजार ५३१ मतदाता रहेकाे गण्डकीमा ६५ प्रतिशत मत खसेकाे थियाे ।

उपाध्यक्षमा कांग्रेसकी ललिता अधिकारी निर्वाचित भएकी छिन् । उनले जनता समाजवादीका उम्मेदवार भिमनारायण श्रेष्ठलाई ७७७ मतान्तरसहित निर्वाचित भएकि हुन् । अधिकारीले ४ हजार ४२१ र श्रेष्ठले ४ हजार ४४ मत पाएका छन् ।

गण्डकीका अधिकांश वडा माओवादीले जितेकाे छ । वडा न १ मा माओवादीका तोपमान गुरुङ, वडा न २ मा माओवादीका यामबहादुर थापा, वडा न ३ मा कांग्रेसका सुवास पन्त, वडा न ४ मा नेकपा एमालेका राजुबाबु भण्डारी निर्वाचित भएका हुन् ।

वडा न ५ मा माओवादीका पहलमान बाेगटी, वडा न ६ मा माओवादीका तुलबहादुर गुरूङ, वडा न ७ मा माओवादीका तुलसी रेग्मी र वडा न ८ मा माओवादीका  कोकिल वहादुर पुलामि मगर निर्वािचत भएका हुन् ।

गण्डकी गाउँपालिकाले राजनैतिक रुपमा खारिएका अब्बल जनप्रतिनिधि पाएकाे हाे । तिमिल्सिना जनयुद्ध कालमा जनकम्युन र पछिल्लाे समयमा स्थानीय शासन प्रणालीलाइ नजिकबाट नियालेका व्यक्ति हुने भने उपाध्यक्ष अधिकारी नेपाली काँग्रेसकाे जिल्ला स्तरकाे राजनीतिमा लामाे समय काम गरेर पाँच वर्ष सम्म उपाध्यक्षकाे कार्यकाल पूरा गरी सकेकी छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.