गाेरखाकाे पालुङटार नगरपालिका मा मतगणना भइरहँदा एउटा बुथकाे एउटा मतपेटिकामा एउटा शिल नभएकाे पाइएपछि राेकिएकाे मतगणना पुनः सुचारू भएकाे छ ।
नगरपालिकाकाे वडा नं. ६काे मतगणना गर्ने क्रममा एक बुथबाट अाएकाे मतपेटिकामा एउटा शिल नभएकाे पाइएपछि केही समय मतगणना राेकिएकाे थियाे ।
सर्वदलीय बैठक बसी समाधान निकालिएकाे र निर्वाचन कार्यालयकाे निर्देशन अनुसार मतगणना कार्य पुनः सुचारू गरिएकाे निर्वाचन अधिकृत गाेकर्णराज पन्तले जानकारी दिनुभयाे । बैठकमा जसपाका प्रतिनिधी भने उपस्थित नभएकाे निर्वाचन अधिकृत पन्तले जानकारी दिनुभयाे ।
वडा नं. ६ काे हालसम्म १२१५ मत गणना भइसकेकाे र अव ११०६ मत गणना गर्न बाँकी रहेकाे पनि निर्वाचन अधिकृत पन्तले जानकारी दिनुभयाे ।
हालसम्मकाे मतगणनाकाे परिणाम भने यस्ताे रहेकाे छ ः