चट्याङबाट एकै घरका तीनजना घाइते

गोरखा

वैशाख १४ गते

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्ली स्थित डाँडा गाउँमा आज चट्याङ पर्दा एकै परिवारका तीनजना घाइते भएका छन्।

आज दिउँसोकरिब साढे चार बजेको समयमाकरिब साढे चार बजेको समयमा एक्कासी चट्याङ पर्दा होमबहादुर आले सहित निजको श्रीमती सुकुमाया आले र बुहारी बिपना आले घाइते भएका छन्। करिब ५५ वर्षका होमबहादुर आले को अवस्था भने सामान्य रहेको छ त्यस्तैगरी उहाँकी श्रीमती ५० वर्षीय सुकमाया आले र निजकी १८ वर्षीय बुहारी बिपना आलेलाई बिरुवाटार स्थित स्थानीय मेडिकलमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि आबु खैरेनी अस्पताल पठाइएको छ । घटनास्थल बिरुवाटारबाट करिब छ किलोमिटर टाढा रहेको र बिरामीहरूलाई उपचारको लागि पठाइकिएको र अरु थप अनुसन्धानको लागि प्रहरीले प्रक्रिया अगाडि बढाइरहेको अस्थायी प्रहरी पोस्ट बिरुवाटारका इन्चार्ज भूमिराज घिमिरेले बताउनुभयो ।

घाइतेमध्ये ५० वर्षीय आलेको ढाड तथा कम्मरमा पोलिएको छ भने बुहारी बिपनाको भने हात पाखुरा तथा अनुहारमा केही मात्रामा पोलिएको छ। त्यस्तैगरी निजको घर र बाख्राको खोरमा समेत आगलागि हुँदा दुईवटा बाख्रा समेत मरेका छन्।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.