चोरीको मोटरसाईकल प्रयोग गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ

चोरीको मोटरसाईकल प्रयोग गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको शहीदलखन गाउँपालिका ४ जुद्धिटार स्थित सडकमा सोही ठाउँका ३४ वर्षिय लोकबहादुर थापाले चलाईरहेको मोटरसाईकल चेकजाँच गर्दा चोरीको भन्नेपुष्टि भएको प्रहरीले जनाएको छ ।

चेकजाँचको क्रममा बिलबुक नभएपछि भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको डिएसपी लिलाराज लामिछानेले बताए । उनले उक्त मोटरसाईकल चितवन इच्छाकामना गाउँपालिका वडा नम्बर ३ चुम्लिङटार बस्ने मनोज गुरुङ सँग खरिद गरेको बताएपछि प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिएको छ ।

उक्त मोटरसाईकल गत बैशाख ९ गते चितवनको खैरहनी नगरपालिका वडा नम्बर १ बाट हराएको खुल्न आएको डिएसपी लामिछानेले बताए । दुबै जनालाई इलाका प्रहरी कार्यालय खैरहनी पठाइएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.