सँचारक्षेत्रसँगै फस्टाएकाे बँगुरपालन

तनहुँ।

तनहुँकी एक संञ्चारकर्मीले बंगुरपालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आउनुभएको छ । बन्दिपुर गाउँपालिका–५ गोहोरे चौतरा घर भई स्थानीय छिम्केश्वरी एफएममा कार्यरत शर्मिला बिकले व्यवसायिक बंगुर पालनबाट राम्रो आम्दानी गर्दै आउनुभएको हो । बंगुरका पाठापाठी बिक्री गरेर बर्षमा झण्डै ६ लाखको हाराहारीमा आम्दानी गर्दै आउनुभएको छ । बगुँर पालनबाट राम्रो आम्दानी हुन थालेपछि संञ्चारकर्मी बिक संञ्चारक्षेत्र संगसंगै उक्त व्यवसाय तर्फ आर्कर्षित बन्नुभएको हो । बिगत तीन बर्ष अघि दुई–तीन वटा बंगुर मासुको लागि पालेपनि मासुबाट राम्रो आम्दानी नदेखिएपछि पाठापाठी हुर्काएर बिक्री गर्न थालिएको उहाँले बताउनुभयो । तीन वटा माउले एक पटकमा १५÷१६ का दरले पाठापाठी दिदाँ प्रति पाठापाठी रु.६ हजार पाँच सयका दरले बिक्री गर्दा बर्षमा झण्डै रु.६ लाख बराबर आम्दानी लिन सकिने उहाँले बताउनुभयो ।बंगुर ६/६ महिनामा बर्षमा दुई पटक ब्याउँछ।

हाल खोरमा ६ वटा माउ छन् भने चौविस वटा पाठापाठी बिक्रीको लागि तयारी अवस्थामा रहेका छन् । आफुलाई फूर्सद नभएको समयमा पति बिजयले रेखदेख र दाना चोकर दिने कार्यमा सहयोग गर्ने गरेको उहाँले बताउनुभयो । बिक्रीको लागि बजारको कुनै समस्या नभएको र माग अनुरुपको पुराउन समेत नसकिएको उहाँले बताउनुभयो । अन्य व्यवसायको तुलनामा बगुँर पालन सजिलो,धेरै लगानी गर्न नपर्ने,पाल्न सजिलो हुने भएकोले आफु यसतर्फ उत्साहित भएर लागेको हो । बन्दिपुर गाउँपालिकाले बगँुरको खोर सुधारको लागि बन्दिपुर गाउँपालिकाबाट रु.पन्ध्र हजार अनुदान पाएको बि.क. बताउनुहुन्छ । शुरु शुरुमा होटलबाट खानेकुरा संकलन पाल्ने गरेपनि पछिल्लो समय ढुटो,पिना करकारलो चोकर र ढुटो मिलाएर पकाएर परिकार खुवाएर पाल्ने गरिएको बिक दम्पत्ती बताउँछन् । बगँुरको लागि करकालो उपयुक्त हुने भएकोले व्यवसायिक रुपमै करकालो खेती समेत गरिएको उनीहरु बताउँछन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.