विदाको दिन सरकारी सवारी साधन दुरुपयोग गर्ने शिक्षा कार्यालय गाेरखाका कर्मचारी पक्राउ

सरकारी साधन दुरुपयोग !!!
विदाको दिन सरकारी सवारी साधन दुरुपयोग गरेको भन्दै ललितपुरको झरुवारासीका बासिन्दा एक मोटरसाइकल शनिवार नियन्त्रणमा लिएका छन । जिल्ला शिक्षा कार्यालयको नाममा रहेको मोटरसाइकल शनिवार चलाएर दुरुपयोग गरेको भन्दै ललितपुर गोदावरी १३ झरुवारासीवाट स्थानीयले मोटरसाइकल नियन्त्रणमा लिएका हुन । नियन्त्रणमा लिइएको बा २ च ६१३८ नम्बरको मोटरसाइकल स्थानीयले प्रहरीलाई बुझाएका छन । सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको देखिएकाले प्रहरीलाई बुझाइएको स्थानीयले बताएका छन । सो मोटरसाइकल शिक्षा कार्यालय गोरखामा कार्यरत कर्मचारी कृष्णबहादुर थापा क्षेत्रीले प्रयोग गर्दै आएका थिए । मोटरसाइकल दुरुपयोगका विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.