आफ्नै पहलमा युवा समाजसेवी अधिकारीले गरे, ढकालटारका ५० घरपरिवारलाई खाद्यन्न बितरण ।।

आँबुखैरेनी, १० गते ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–२, ढकालटारका एक युवा समाजसेवीले आफ्नै पहलमा ५० घरपरिवारलाई खाद्यन्न बितरण गर्नुभएको छ । स्थानीय युवा समाजसेवी प्रशान्त अधिकारीले ढकालटार क्षेत्रका विपन्न वर्ग, दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्दै आउनुभएका ५० घरपरिवारलाई खाद्यन्न बितरण गर्नुभएको हो । उहाँले प्रत्येक घरपरिवारलाई १ बोरा चामल, २ पोका तेल, २ किलो दाल र १ पोका नुनका दरले ५० घरपरिवारलाई खाद्यन्न बितरण गर्नुभएको हो । “मेरो लागि आफ्नो गाउँ ठाउँ प्यारो छ । धेरै मान्छेहरु घरभन्दा टाढा जान्छन् तर आफ्नै गाउँघरको दुःखलाई बिर्सनछन् ।” युवा समाजसेवी अधिकारीले भने । “आफ्नो गाउँको दुःख मेरो पनि दुख हो ।” त्यही भएर मैले आफ्नो गाउँका लकडाउन प्रभावितलाई सकेजति सहयोग गरेको उहाँले बताउनुभएको छ । यस्तो विषम परिस्थितीमा आफ्नो आफ्नो गाउँ ठाउँको लागि दुःख तथा समस्यामा परेका व्याक्तिहरुलाई आफुले गर्न सक्ने सहयोग गरिदिनुहुन सबैसँग युवा समाजसेवी अधिकारीले आग्रह गर्नुभएको छ ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.