गोरखा संसार
चैत्र १७, गोरखा ।
विश्व नै आतंकित बनाउने गरी फैलिएको कोभिड १९ विरुद्ध निरन्तर लडिरहेका चिकित्सक, सुरक्षाकर्मी, तथा सञ्चारकर्मीलाई व्यक्तिगत सुरक्षा सामग्री पि.पि.ई व्यवस्था गर्न नेपाल कम्युनिष्ट पार्टी नेकपा पालुङटारले सोमबार एक विज्ञप्ती जारी गरी माग गरेको छ ।
विश्वभर माहामारीको रुपमा फैलदै गरेको घातक भाइरसको सामना गर्न सवैले आ—आफ्नो ठाउँवाट सक्दो प्रयत्न गर्न सम्पुर्ण नगरवासीहरुमा नेकपाले अपिल समेत गरेको छ ।
साथै नगरभित्र सुरक्षा र अमन चयन कायम राख्न सम्बन्धित निकायसमक्ष विभिन्न मागहरु समेत विज्ञप्तीमार्फत उजागर गरेको छ ।
विज्ञप्तीमा नगरभित्र सुविधा सम्पन्न र आधुनिक क्वारेन्टिन र वैज्ञानिक आइसोलेसन वार्डको व्यवस्था मिलाउन, विहान वेलुकी काम नगरी जिवन धान्न धौ धौ पर्ने मजदुर तथा श्रमिकहरुको तथ्याङक सङकलन गरी उनिहरुका लागी उचित प्रकारको राहत प्याकेज घोषणा गर्न, लकडाउनका कारण खाद्यन्न तथा अत्यावश्यक सामग्री संकलनमा नगरवासीलाई परेको समस्या समाधान गर्न त्यस्ता सामाग्रीहरु नागरिकहरुका घर घरमा तत्काल पु¥याउने व्यवस्था गर्ने, नगरभित्र विदेशवाट आएका नागरिकहरुको खोजि गरी उनिहरुको उचित स्वास्थ्य परिक्षणको व्यवस्था तत्काल मिलाउने लगायतका मागहरु अघि सारेको छ ।
विज्ञप्तीको पूर्ण पाठसहित
संसारका मजदुरहरु एक होऔं !
माक्र्सवाद लेनिनवाद— जिन्दावाद !!
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)
पालुङटार नगर समिति, गोरखा
स्था ः २००६
प.सं मिति ः २०७६÷१२÷१७
च..नं.
बिषय ः प्रेस वक्तव्य
आज समग्र मानवजातीलाई नै नयाँ चुनौति र नयाँ शिक्षा दिइरहेको नोभल कोरोना भाइरस ( ऋइख्क्ष्म् (ज्ञढ ) का कारण आजसम्म विश्वमा ६लाख भन्दा वढी मानिसहरु संक्रमित भइसकेका छन भने ३० हजारभन्दा धेरै मानिसहरुको ज्यान गैसकेको छ । यस संक्रामक भाइरसका कारण निधन भएका सम्पुर्ण नागरिकहरु प्रति हार्दिक श्रद्घाञ्जली व्यक्त गर्दै सोकाकुल परिवारप्रति समवेदना प्रकट गर्दछौं । साथै सम्पुर्ण संक्रमितहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । विश्वभर माहामारीको रुपमा फैलदै गरेको घातक भाइरसको सामना गर्न सवैले आ—आफ्नो ठाउँवाट सक्दो प्रयत्न गर्न हामी सम्पुर्ण नगरवासीहरुमा हार्दिक अपिल गर्दछौं ।
विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई यस भाइरस संक्रमणको उच्च जोखिममा रहेको मुलुकको रुपमा सचेत गराइरहेको छ । यस संक्रमण विरुद्घको लडाइमा हाम्रो पार्टी अग्रपंतीमा नेतृत्व गर्न तयार रहेको कुरा अवगत गराउँदै सम्पुर्ण नगरवासीहरुलाई यसको संक्रमण फैलन नदिन आवश्यक सजगता अपनाउन अनुरोध गर्दछौं । यो भाइरस संक्रमण फैलन नदिन निरन्तर रुपमा प्रयत्नशिल सुरक्षाकर्मी, चिकित्सकहरु तथा सञ्चारकर्मी मित्रहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौं । साथै नगरभित्र सुरक्षा र अमनचयन कायम राख्न सम्बन्धित निकायसमक्ष निम्नलिखित मागहरु पेस गर्दछौ
निरन्तर रुपमा संक्रमण विरुद्घ लडिरहने चिकित्सकहहरु, सुरक्षाकर्मीहरु साथै सञ्चारकर्मीहरुलाई व्याक्तिगत सुरक्षा सामग्री (पी पी इ )को व्यवस्था गरियोस् ।
नगरभित्र सुविधा सम्पन्न र आधुनिक क्वारेन्टिन र वैज्ञानिक आइसोलेसन वार्डको व्यवस्था मिलाइयोस् ।
विहान वेलुकी काम नगरी जिवन धान्न धौ धौ पर्ने मजदुर तथा श्रमिकहरुको तथ्याङक सङकलन गरी उनिहरुका लागी उचित प्रकारको राहत प्याकेज घोषणा गरियोस् ।
लकडाउनका कारण खाद्यन्न तथा अत्यावश्यक सामग्री संकलनमा नगरवासीलाई परेको समस्या समाधान गर्न त्यस्ता सामाग्रीहरु नागरिकहरुका घर घरमा पु¥याउने व्यवस्था तत्काल गरियोस् ।
नगरभित्र विदेशवाट आएका नागरिकहरुको खोजि गरी उनिहरुको उचित स्वास्थ्य परिक्षणको व्यवस्था तत्काल मिलाइयोस् ।
आदरणिय नगरवासी आमावुवा, दाजुभाई तथा दिदिबहिनिहरु,
आज समग्र विश्वनै यस संक्रामक भाइरसका कारण प्रताडित भैरहेको छ । यद्यपी सचेत प्रयत्नवाट हामी यसको संक्रमणलाई न्युनिकरण गर्न सक्दछौं । तसर्थ यस संक्रमण वाट जोगिनका लागी नेपाल सरकारले गरेको निर्णय र निर्देशनहरुलाई आत्मसात् गर्दै कत्तिपनि विचलित नभई एक अर्कालाई सहयोग गर्दै आफु पनि वाँच्ने र अरुलाई पनि वचाउने अभियानमा लागौं । नआत्तिऔं तर सचेत र सुरक्षित वनौं ।
क्रान्तिकारी अभिवादन सहित
विवश चिन्तन ( अजय )
अध्यक्ष
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा )
पालुङटार नगर समिति, गोरखा