माइक्रोको ठक्करबाट मोटरसाईकलमा सवार दुईजना घाईते

गोरखामा माइक्रोको ठक्करबाट मोटरसाईकलमा सवार दुईजना घाईते भएका छन् । बसपार्कबाट हरमटारीतर्फ जाँदै गरेको ग २३ प ६९५ नंबरको मोटरसाईकललाइ बिपरीत दिशाबाट आउँदै गरेको ग २ ख १६१९ नंबरको माईक्रोले गोरखा नगरपालिका–६ शक्तिचोकमा ठक्कर दिएको हो ।
दुर्घटनामा परी बाईक चालक गोरखा नगरपालिका–३ नारेश्वरका ४४ वर्षिय सानुकाजी बस्नेत र उनका ८ वर्षिय छोरा संयोग बस्नेत घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घाईतेको गोरखा अस्पतालमा समन्य उपचारपछि थप उपचारका लागि चितवन मेडिकल कलेज रिफर गरिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.