विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षय रोगीको पहिचान, लुकेर बसेकाको उपचारमा चुनौति


काठमाडौ, चैत ११ –

नेपालमा ३२ हजार भन्दा बढि क्षय रोगी भएको पाइएको छ । त्यसमध्ये दश हजारको हाराहारीका क्षयरोगी लुकेर बसेको तथ्यहरु पनि सार्वजनिक भएका छन् । सरोकारवालाहरुले लुकेर बसेका क्षय रोगीहरुको उपचार गर्नु मुख्य चुनौती रहेको बताएका छन् ।
विश्व क्षयरोग दिवसका अवसरमा राष्ट्रिय क्षयरोग केन्द्रले भक्तपुरमा आज गरेको कार्यक्रममा क्षयरोग अन्त्यका लागि सबैलाई संगठित हुन आह्वान गरिएको छ । कार्यक्रममा बोल्दै चिकित्सकहरुले लुकेर बसेका क्षयरोगीहरुको उपचार चुनौतिको रुपमा रहेको भन्दै त्यसका लागि सवैको सहयोग आवश्यक रहेको बताएका छन् ।
वरिष्ठ चिकित्सक मोहनकुमार प्रसाईँले नेपालमा करिव १० हजारको हाराहारीमा क्षयरोगीहरु लुकेर बसेको तथ्यांक प्रस्तुत गर्दै उनीहरुलाई ल्याएर उपचार गर्नु मुख्य चुनौति रहेको स्पष्ट पारेका थिए ।

नेपालमा कति छन् क्षय रोगी ?

स्वास्थ्य मन्त्रालयले क्षयरोग नियन्त्रणलाई मुख्य प्राथमिकतामा राख्दै यसको औषधि उपचारमा पनि भारी सहुलियतको व्यवस्था गरेको छ । नेपालमा हाल ३२ हजार ५६ जना क्षयरोगीको पहिचान गरिएको राष्ट्रिय क्षयरोग केन्द्रले जनाएको छ ।

चिकित्सकहरुले बहुऔषधि प्रतिरोधात्मक क्षयरोगीको संख्या २५ सय रहेको पनि जनाएका छन । चिकित्सकहरुले दुई हप्ता भन्दा बढि लगातार खोकी लाग्नुलाई क्षयरोगको संक्रमणको रुपमा लिँदै त्यस्ता बिरामीहरुलाई तत्काल क्षयरोग केन्द्रमा सम्पर्क राख्न पनि आग्रह गरेका छन ।

क्षय रोगको लक्षण

चिकित्सकहरुका अनुसार क्षयरोग भएको व्यक्तिलाई लगातार खोकी लाग्ने, खकारमा रगत देखिने, छाति दुख्ने, ज्वरो आउने, रातिमा पसिना आउने, तौल कम हुँदै जाने, थकाई लाग्ने जस्ता समस्या देखिन्छ । त्यस्तो बेला तत्काल परिक्षण गराएर औषधि उपचार गरे रोगबाट जोगिन सकिने चिकित्सकहरुले बताएका छन ।

औषधी नियमित सेवन आवश्यक

औषधिको नियमित सेवन गर्न छाडे कडा खालको संक्रमण हुने र ज्यानै जान सक्ने भएकाले औषधिको नियमित सेवन गर्नुपर्नेमा चिकित्सकहरुले जोड दिँदै आएका छन । नेपालमा सन १९९६ देखि क्षयरोेगीको पहिचान गरी उपचार गर्ने काम सुरु गरिएको छ । हाल नेपाल सरकार स्वास्थ्य मन्त्रालयले क्षयरोगको निदानका लागि उच्च प्राथमिकता दिएको छ । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘क्षयरोग अन्त्यका लागि सबै संगठित होऔंः सबैलाई सँगसँगै लैजाऔं’भन्ने तय गरिएको छ । स्वास्थ्य मन्त्रालयले समयमै उपचार गरे निको हुन्छ भन्दै क्षयरोगको रोगथाम अभियानमा सहभागी हुन सबैमा आह्वान पनि गरेको छ ।
विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईदैछ । हरेक वर्ष मार्च २४ का दिन यो दिवस मनाउने गरिन्छ ।

source: ratopati

 

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.