शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले सबै शिक्षकहरूले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने बताउनुभएको छ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्व सांसद परशुराम रम्तेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तन, उपप्रमुख बन्दना पाण्डे, माओवादी केन्द्र का नगर सचिव शंकरराज कडेल, जीवन ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक बद्री बहादुर पाण्डे लगायतकाले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए ॥ प्रमुख अतिथिको रूपमा बोल्दै पूर्व सांसद रम्तेलले शिक्षक संगठनले प्रभावकारी रुपमा केही ठोस निर्णयहरु गरेर कार्यान्वयनमा ल्याउनुपर्ने कुरामा जोड दिनुभएको थियो। त्यस्तैगरी विशिष्ट अतिथिको रूपमा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले शैक्षिक क्षेत्र सुधारको लागि संगठनले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउँदै शैक्षिक क्षेत्रको सुधारका लागि पालिकाले आवश्यक सहयोग गर्ने तर शिक्षकहरुले चित्त बुझ्दो नतिजा दिनुपर्नेमा जोड दिनुभएको थियो। शिक्षा क्षेत्रमा लागेका सम्पूर्ण व्यक्तित्वहरू तथा कर्मचारीहरूले सामुदायिक विद्यालयमा आफ्ना केटाकेटीहरूलाई अध्यापन गराउनुपर्ने कुराप्रति पनि उहाँले जोड दिनुभएको थियो। उपप्रमुख बन्दना पाण्डेले शैक्षिक क्षेत्र सुधारका लागि आफूहरू निर्वाचित भएदेखि नै सक्दो प्रयास गरिरहेको बताउनुभएको थियो । शैक्षिक क्षेत्र सुधारका लागि उहाँले ठूलाठूला कामभन्दा पनि साना तर अत्यन्तै महत्वपूर्ण कामहरूबाट आफूहरूले सुरुवात गरेको बताउनुभएको थियो। उक्त कार्यक्रममा नेपाल शिक्षक संघका पालुङटार नगर कमिटी अध्यक्ष प्रेम कोइराला, शिक्षक महासङ्घका प्रतिनिधि यदुनाथ न्यौपाने, एकीकृत अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष गणेशराज सेडाई लगायतकाले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रममा अध्यक्ष टेक बहादुर अधिकारीले संगठनको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष अनिल पोखरेल ले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। सो कार्यक्रममा विष्णुप्रसाद मरहट्टाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव रमेश रोकाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा शिक्षक सेवा आयोगबाट फालुङटार नगरपालिकामा सिफारिस भइ आएका शिक्षकहरूलाई समेत स्वागत गरिएको थियो। परिषद्ले रिक्त रहेको नगरपरिषद् सदस्यहरूमा दिनाराम भुसाल र लोकेन्द्र बिष्टलाई थप गरेको छ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

गुरु पूर्णिमाका दिन सेवा निवृत्त १० जना जेष्ठ शिक्षकहरूलाई सम्मान 

सेवा निवृत्त शिक्षक समाज गोरखाले गुरुपूर्णिमाको अवसर पारेर एक कार्यक्रमका बीच ८० वर्ष उमेर पार गरेका १० जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरेको छ। सेवा

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.